
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७६८ जना कोरोना संक्रमितको डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ८८ पीसीआर परीक्षण गरिएको छ। देशभर संक्रिय संक्रमित १८ हजार १ सय १२ रहेकाे छ।
देशभर क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन्।
काठमाडाैँ उपत्यकामा ४ सय ८१ जना संक्रमित थपिएका छन्। काठमाडाैँमा ३९३ जना, भक्तपुरमा ३० जना र ललितपुर ५८ जना संक्रमित थपिएका छन्।