नेपालमा चीन, रुस र बेलायतले बनाएको खोपको परीक्षण प्रकृया सुरु

(200414) -- BEIJING, April 14, 2020 (Xinhua) -- A staff member displays samples of the COVID-19 inactivated vaccine at Sinovac Biotech Ltd., in Beijing, capital of China, March 16, 2020. China has approved two COVID-19 inactivated vaccine candidates for clinical trials, according to the State Council joint prevention and control mechanism against the coronavirus Tuesday. The two vaccine candidates are developed by Wuhan Institute of Biological Products under the China National Pharmaceutical Group (Sinopharm) and Sinovac Research and Development Co., Ltd, a company based in Beijing. Clinical trials of the two vaccines have started. (Xinhua/Zhang Yuwei)

नेपालमा चीन, रुस र बेलायतले बनाएको कोरोना विरुद्धको खोपको परीक्षण हुने भएको छ । खोप परीक्षणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति दिएको हो ।

तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न कम्पनीहरु इच्छुक भएकाले परीक्षणको लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए ।

स्वीकृति पाएसँगै परिषद्ले प्रक्रिया अगाडि बढाएको छ । परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले विश्वमा तेस्रो चरणमा पुगेको खोप नेपालमा परीक्षणका लागि अध्ययन थालेको जानकारी दिए । चीनको होङ्सी ग्रुप, बेलायतको अक्सफोर्ड ग्रुप र रुसी कम्पनीलगायत सात कम्पनी नेपालमा खोपको परीक्षण गर्न इच्छुक देखिएका उनले बताए।

खोपको परीक्षण जनावर र मानिसमा गर्ने तयारी छ । झण्डै डेढ दुई सय मानिसमा खोपको परीक्षण गर्ने तयारी भए पनि प्रक्रियाकै चरणमा रहेकाले निश्चित भइनसकेको डाक्टर ज्ञवालीले बताए । खोप परीक्षणका लागि तयारी भए पनि प्रपोजल तयार हुनै बाँकी छ । परीक्षण गर्ने व्यक्ति र खर्चबारे टुंगो लागि नसकेको परिषद्का सदस्य सचिव डाक्टर ज्ञवालीले बताए ।

खोपको परीक्षणको लागि बिरामीको सबै क्लिनिकल रेकर्ड, औषधिको प्रति असर तथा औषधिको रेकर्ड दुरुस्त राखी परिषद् तथा स्वास्थ्य मन्त्रालयमा पठाउन भनिएको छ । विश्वका विभिन्न देशले अहिले कोरोना विरुद्ध बनेको खोपको तेस्रो चरणमा परीक्षणको तयारी गरिरहेका छन् ।

रुसमा भने तेस्रो चरणको परीक्षण विना नै खोपलाई स्वीकृति दिएको भन्दै स्वास्थ्य विज्ञले खोपको प्रभावकारितामा प्रश्न उठाएका छन् ।