पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।शुक्रबार बिहान उपचाररत सर्लाहीका ४५ वर्षीया पुरुष र रुपन्देही बेलहियाकी ४१ वर्षीया महिलाको मृत्यु भएको हो।संक्रमित महिलामा पाठेघर क्यान्सर र नियोनिया भएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए।उनले भने, ‘संक्रकित महिलामा पाठेघरको क्यान्सर र निमोनिया भएको थियो भने संक्रमित पुरुष ५ महिना अगाडि कुकुरले टोकेको हिस्ट्री लिएर आउनु भएको थियो। दुवै जना साउन १९ गते अस्पताल भर्ना हुनु भएको थियो।’त्यस्तै बिहीबार पनि अस्पतालमा कोरोना भाइरस संक्रमित ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो। मृतक लामो समयदेखि उच्च रक्तचाप, मघुमेहका विरामी थिए।