दुई नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयका ६ जनामा कोरोना संक्रमण

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ६ जनामा कोरोना संक्रमण भएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा मुख्यमन्त्री कार्यालयका एक जना अधिकृत, एक जना ट्राफिक प्रहरी, २ सवारी चालक र दुई जना कार्यालयकै अन्य कर्मचारी गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

फाइल फोटोः प्रदेशखबर

दुई दिनअघि गरिएको स्वाब संकलनको रिपोर्ट आइतबार आएको हो। संक्रमितहरु चिकित्सकहरुको सल्लाहमा घरमै क्वारेन्टिनमा बसिरहेका छन्। यता संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको आधार पत्ता लगाउने काम भइरहेको प्रजिअ भट्टराईले जानकारी दिए।

यसभन्दा पहिले आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका स्वकीय सचीव, चालकमा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका ३ जना, समाजिक विकास मन्त्रालयको ३ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भइसकेको छ ।