दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्युभएको छ। घोराही उपमहानगरपालिका–१ बलाजुरे निवासी दिलबहादुर रावतका छोराहरु १४ वर्षका वीरबल रावत र १० वर्षका तेतबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको हो। ३७ वर्षिय दिलबहादुर पनि गम्भीर घाइते भएका छन्।
मकै बारीमा बँदेल मार्नका लागि बिच्छ्याइएको विजुलीको तारमा परेर बालकहरुको मृत्यु भएको हो। मकै लिन बारीमा गएका बालकहरुले तार नदेखेका कारण उनीहरुलाई करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजनकुमार गौतमले जानकारी दिए।
मकैबाली बदेलले खाएर नष्ट गर्न थालेपछि रातिमा करेन्ट छोडेको र बिहान स्विच अफ नगरी बारीमा गएका बेला करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ। घाइते चेतबहादुरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।