झण्डै एक हप्तादेखि गत्यावरोध भएको नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता फरकफरक साक्षी राखेर बसेको वार्ता सकिएको छ । वार्ता हुनु मात्र पनि सकारात्मक मानिएको छ ।
आजको वार्तामा प्रचण्ड पक्षबाट पार्टीका वरिस्ठ नेता झलनाथ खनाल र केपी शर्मा ओलीको पक्षबाट संसदीय दलका उपनेता तथा स्थायी समितिका सदस्य सुवास नेम्बाङ साक्षी रहेका थिए । आजको वार्ताबाट पनि विगतमाझैं परिणाम भने निस्केन ।
यसअघि प्रचण्डले जनार्दन शर्मा र वर्षमान पुन राख्थे भने केपी शर्मा ओलीले विष्णु पौडेल र शंकर पोखरेल राख्ने गर्थे ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि अवरुद्ध भएको नेकपा शीर्ष नेताहरुबीचको छलफल पुनः सुरु भएको छ। पाँच दिनदेखिको संवादहिनता तोड्दै नेकपाका दुई अध्यक्ष ओली र दाहाल वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङसहित छलफलमा बसेका हुन्।
नेताहरुबीच झण्डै तीन घण्टा छलफल भएको छ। नेम्वाङका अनुसार विवाद समाधानका लागि संवादहीनता तोडिएर नेताहरु छलफलमा बस्न सुरु गरेको जानकारी दिए।
गत मंगलबार बोलाइएको स्थायी कमिटि बैठक एक पक्षीय रुपमा ओलीले स्थगित गरेपछि उनी इतर समूहका स्थायी समिति सदस्यहरुले बालुवाटारमै बैठक गरेका थिए। उक्त बैठकलाई दाहाल नेपाल पक्षले स्थायी समितिको निरन्तरता भने पनि ओली पक्षले भने गुट भेला दाबी गर्दै आएको छ।
बैठक स्थगितपछि दाहाल र खनालले गएर ओलीलाई बैठकमा आउन आग्रह गरे पनि अस्वीकार गरेका थिए। उक्त तित्त भएर बालुवाटारबाट बाहिरिरएका दाहाल आइतर एकैपटक पुगेका हु्न्।
मंगलबारको बैठक स्थगित भएपछि नेकपाको स्थायी समिति बैठक अझै निश्चित भएको छैन। अहिले भइरहेको भेटमा नेताहरुबीच पार्टीभित्र देखिएको विवाद अन्त्य गर्ने र सहमतिमै स्थायी समिति बैठक बोलाउने विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दियो।
दाहाल नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद एक महिनाभन्दा बढी समयदेखि सहतमा आएको छ।