कोरोना संक्रमित सांसद प्रदिप यादवले पर्सावासीलाई भनेः मेरो स्वास्थ्यमा कुनै समस्या देखिएको छैन, तपाईहरु सुरक्षित साथ बस्नुहोला

प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार राति ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिए।

संक्रमित देखिएका मध्ये पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव समेत रहेका छन्।

यादवले आफू पनि कोरोना पोजेटिभ भएको जानकारी दिएका छन्।

सांसद यादवले पर्सावासीलाई भनेका छन्ः मलाई केही पनि समस्या छैन, कोरोना संक्रमण समुदाय स्तरमा फैलिइरहेको छ, त्यसैले तपाईहरु आफ्नो जीवन रक्षाका लागि सुरक्षितसाथ बस्नुहोला । उनले अगाडि भनेकाछन्ः संघीय सरकारले राजधानी काठमाडौ मात्रै सुरक्षित राख्न लागिरहेको छ, भारतसँग सिमा जोडिएका जिल्लाहरुमा सुरक्षाका लागि विषेश ध्यान दिनुपर्छ ।

उनले मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन भने। अफूलाई आइसुलेट गरेर अहिले आराममा छु। सांसद यादवसहित उनका चालक र अङ्गरक्षकमा समेत कोरोना पुष्टि भएको छ।

सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए। सांसद यादवले यसअघि केही महिनाअघि दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटि आएको थियो।

सांसद यादवले बीरगञ्जमा कोडिभ अस्पताल आवश्यक भएको भन्दै सरकार समक्ष माग गर्दै आएका थिए । एक साता अघि मात्रै सो माग पुरा भएको थियो ।

Image may contain: text