ट्राफिक महाशाखामा दुई प्रहरीमा कोरोना संक्रमण

महानगरीय ट्राफिक महाशाखा काठमाडौँमा कार्यरत दुई जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरु दुवैजनालाई सशस्त्र प्रहरी अस्पताल लगिएको छ।

उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङको काम भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु बस्दै आएको शाखा सिल गरिएको छ।