४५ जना कांग्रेस कर्यकर्ता नेकपामा प्रवेश

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सिन्धुलीका अध्यक्ष राजन दाहालले एक कार्यक्रमका बीच सुनकाशी गाउँपालिकाका ४५ जना कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउनु भएको छ ।
नेकपा सुनकोशी गाउँपालिकाद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रमा नेपाली कांग्रेसका साम्देन लामाको नेतृत्वमा ४५ जना कार्यकर्ताहरुलाई अध्यक्ष दाहालले अविर र खादा लगाएर नेकपामा प्रवेश गराउनु भएको हो । कार्यक्रमा प्रमुख अतिथिका रुपमा बोल्दै अध्यक्ष दाहालले आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी हुने ठोकुवा गर्नुभएको थियो ।


नेकपाका सहइन्चार्ज कमलजंग राई, कौशल कोइराला, विनोद खड्का, दिपा बोहरा दाहाल, कर्ण घिसिंग, रामकृष्ण श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।