झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं ७ मोदी डाँडामा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ। अन्य तीनजना सामान्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति करिब १०:३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाउना आएका मेचीनगर ९ मागुरमाडीका १५ बर्षीय विवेक दर्नालको ज्यान गएको हो।
मृतक दर्नालको शव पोस्टमाटमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।