दुई अध्यक्षको छुट्टै छलफलपछि नेकपाको सचिवालय बैठक सुरु

 सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे सचिवालय बैठक अहिले बसिरहेकाे छ  । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा दिउँसाे सवा तीनबजेदेखि बैठक सुरु भएकाे हाे ।

सचिवालय बैठक अघि पार्टीका दुई अध्यक्षबीच छुट्टै छलफल भएकाे थियाे ।

पार्टीमा देखिएकाे विवाद समाधानका लागि भइरहेका प्रयासहरु सार्थक नभएपछि सचिवालय बैठक डाकिएकाे हाे ।

सचिवालय बैठकमा पार्टीकाे केन्द्रीय समितिकाे बैठक डाक्नेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने विषयमा पार्टीमा विवाद चुलिएकाे छ ।