कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीले आज एक समारोहका बीच सिन्धुलीको बुद्धनगरमा शान्तीदुत गौतम बुद्धको मुर्ति अनावरण गर्नुभएको छ । नगरपालिकाका प्रवक्ता एवम वडा नं. ७ का वडा अध्यक्ष कर्णबहादुर घिसिङ्को अध्यक्षता भएको कार्यक्रममा नगर प्रमुख खत्रीले वौद्धिक परम्परा अनुसार उक्त मुर्ति अनावरण गर्नुभएको हो । प्रमुख जिल्ला अधिकरी योगेन्द्रप्रसाद पाण्डे, नगर उपप्रमुख मञ्जु देवकोटा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा सुरक्षा निकायाका प्रमुखहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडास्तरिय राजनैतिक दलका प्रमुख र प्रतिनिधिहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा स्थानिय वासिन्दाको उपस्थिति थियो
। उक्त निर्माण लागि नगरपालिकाबाट रु १५ लाख अनुदान र ३ लाख ७५ हजार बराबरको उपभोक्ता समितिबाट नगद तथा श्रमदान भएको नगरपालिकाले जनाएका छ ।
फोटो फिचर






