सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विवाद शीर्ष नेताहरूबीच विवाद चुलिएपछि दल विभाजित हुने आशङ्का बढेको छ । त्यही परिप्रेक्ष्यमा उक्त दलका नेताहरूले सामाजिक सञ्जालबाट आफ्नो धारणा व्यक्त गरिहेका छन् ।
विभिन्न गुटहरू भएको मानिएको उक्त दलका नेताहरू फेसबुक र ट्विटरमा विभिन्न ढङ्गमा प्रस्तुत भएका छन् ।
अधिकांश नेताहरूले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एकजुट भएरै अघि बढ्नुपर्ने मत राखेका छन् भने अन्य केहीले सामाजिक सञ्जालको प्रयोग एकअर्का प्रति कटाक्ष गर्न प्रयोग गरेका छन् ।
कतिपयले भने आ आफ्नो गुट र नेताको प्रतिरक्षा गर्न वा साङ्केतिक रूपमा विभिन्न विषयमा आफ्नो मत राख्न पनि ट्विटर र फेसबुकको प्रयोग गरिरहेको देखिन्छ ।
पैँतालीस सदस्य रहेका नेकपा स्थायी समितिमा अधिकांशले प्रधानमन्त्री तथा दुईमध्येका एक अध्यक्ष केपी शर्मा ओलीले दुवै वा कुनै एउटा पदबाट राजीनामा गर्नुपर्ने माग गरेसँगै फेरिएको राजनीतिक परिदृश्य पेचिलो बन्दै गएको छ ।
विवाद चर्किँदै गएका बेला ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्का सदस्यहरु बोलाएर आफ ्नो पक्षमा लाग्न सुझाएपछि नेकपा भित्र सल्केको भुसको आगो बन्किने अबस्थामा पुगेको छ ।
संसद बैठक स्थगनदेखी अहिलेसम्मका प्रयाशले अहिले नेकपामा देखिएको कलह सहजै अन्त्य हुने देखिंदैन । पार्टी केन्द्रको बिाबदलाई लिएर जिल्ला तहमा पनि विभाजनको रेखा कोरिन थालेको छ भने एकता प्रक्रियामा सामेल एमाले र माओवादी केन्द्रमा नेता कार्यकर्ताको सामाजिक सञ्जालमा आएका अभिव्यक्तिले त्यही संकेत गरिरहेको छ । प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड, नेपाल र .खनाल समूहका पक्षमा एक अर्कालाई आलोचनागर्दे लेखेपनि अन्त्यमा पार्टी नफुटोस् भन्नेमा सबैको राय देखिएको छ ।
सामाजिक सञ्जालमा आएका अभिव्यक्ति र पार्टी नेताहरुले गरेको चिन्तालाई हेर्दा लाग्छः चुलिंदै गएको बिवादले सत्तारूढ दल फुटको सँघारमा पुगेको हुन सक्ने अड्कलबाजीलाई बल दिएको जानकारहरूले बताइरहेको छन् । नेकपाको बिवाद बारे सिन्धुलीका सामाजिक सञ्जाल प्रयोगकर्ताहरु
नेकपा सिन्धुलीका अध्यक्ष राजन दाहाल लेख्छन्ः जनवादी केन्द्रीयता नै हाम्रो संगठनात्मक विधि हो।

पार्टी भित्र बैठक,अधिवेशन र महाधिवेशनमा जनवाद हुन्छ भने निर्णय कार्यन्वयनमा केन्द्रीयता हुन्छ । सरकार भित्र संसदीय दलमा जनवाद हुन्छ भने सदनमा केन्द्रीयता हुन्छ । वा छलफलमा स्वतन्त्रता र कामकार्वाहीमा एकरूपता ।
नेकपा सिन्धुलीका सचिव प्रदीप कटुवाल लेख्छन्ः पार्टी एकता आजको आबश्यकता हो । सर पर्दा आफ्ना सुर गर्ने भए दुई अध्यक्ष किन राखेको ।

आपसि सल्लाह गर्नु पर्ने मा एउटा अध्यक्ष लाई जिम्मेवार बिहिन गर्न मिल्छ । एकता त उत्साह साथ गरेकोमा बिचमै टुटाउन मिल्दैन । फेरि बसौं छलफल गरौ, बहुमत जनता के चाहन्छन् । नेता सलल नहुनुस् ।
नारायण बराल लेख्छन्ः परिस्थिति लाई गम्भीर ढंगले नियालेर अगाडि बढने प्रयत्न नगर्ने हो र आन्तरिक एकतामा जोड नदिने हो भने प्रधानमन्त्री परिवर्तनको नाराले केही अर्थ राख्दैन । सहमति, एकता र पार्टी पद्धतिको सबै ख्याल गरौ । नत्र एकै हतियारले क्रमश पार्टी, नेता सबै अन्त्य नहोला भन्न सकिन्न । अनि सबै सडकमा ….
पदम सुनुवार लेख्छन्ः प्र म ओलि उल्टो बाटो हिडन थालेको प्रस्ट छ। यो उनको सैद्दान्तिक बिचलन र दक्षीण पन्थ बाट घोर दक्षिण पन्थको यात्रा हो।उनको पोलिटिक्स आफू केन्दृतर कुर्सी केन्र्दित देखिन्छ। यसो हुदा, नागरिक समृद्दी र रास्टृयताको कुरा ओझेलमा पर्छ।
पार्टी एकता केवल चुनावी मोर्चा मात्रै थिएन तर प्र म ओलि, एजताको मर्म विपरित, पाच बुदे सम्झौता बिपरित,आफुलाई केन्र्दमाराखेर,, एनिहाउ, कुर्सी जोगाउने र नेकपा पार्टी बिघटनको अभियानमा छन।
पार्टी एकता भएकै थिएन र भएको पनि छैन। एकताको नाटक मन्चन मात्रै थियो। यो प्रबृती गलत छ, त्रुटि पुर्ण छ। बिचौलियाहरुको चङ्गुलमा फसेर, प्रम नाङ्ग्गै बजार परिक्रमा हुँदै गरेको भान हुन्छ।
प्र म ले त्यागको राजनिती गरेर, अलि अलि बचेकुचेको साख जोगाउनु, राम्रो हुन्छ।
गुणविक्रम कुँवर लेख्छन्ः सरलाई बौद्धिक भुत चलेछ , बधाइ छ , पढे लेखेको कसलाइ भन्ने रुरु के आधिकारिक डिग्रीधारी पढे लेखेका अरु नपढेका गवार भन्न खोज्नु भएको होला होइन रुरु केपि ओलि सायद हजुरहरु भन्दा सय गुना अनपढनै भए पनि समकालीन नेतृत्वमा सवै भन्दा अब्बल हुन । केहि कमजोरी होलान अहिले केपि ओलिलाई दुवै पद छोड्नु पर्छ भन्ने हरु पार्टि एकीकरण बिरोधी हुन । अनि घद्द वर्ष एकलौटी अध्यक्ष बन्ने आफ्नो पार्टी सातटुक्रा हुदा पनि पार्टी सता नछोड्नेहरु आज त्यागी भए कमरेड त्यसो भए , त्याग गर्न आफू बाट शुरु गरे भैहाल्छ नी होइन र बौद्धिक मित्र ।
कोइराला सुरज लेख्छन्ः अहिले ओलिको विकल्प खोज्ने बेला होइन । ओलिसङ्ग चित्त नबुझेका बिसयहरु हुनसक्छन तर ओलिको विकल्प खोज्ने बेला यो हुँदै होइन ।
यमकुमार देवकोटा लेख्छन्ः नेकपाको अहिलेको स्थायी कमीटी भनेको नेताहरूको पनि नेतृत्वको टिमहो त्यसैले उनीहरुको बिचमा भएको छलफल र बहसले पार्टीका नेताकार्यकर्ता र जनतालाई दुखी र तरंगीत बनाउनु भन्दापनि आसा र उत्साह पैदागराउनु पर्दछ तर यसको बिपरित नेतृत्वले आफ्नो आलोचना कतिपनि सुन्न तयार नहुने बरु बैठक स्थलबाटै बाहिरिने परिपाटीले हामीलाई कहाँ पुर्याउंछ ? के कम्युनिस्टपार्टी आलोचनात्मकचेत भएका नेताहरूको टिमहो कि आफ्ना प्रसंशक हरुको भजन मन्डलीहो ? के पार्टीमा अब बिचार र बिबेक सुन्य भइसकेकोहो रु आफ्नो आलोचना सुन्न नसक्ने नेतृत्वको कार्यशैलीले के समृद्धि र समाजबादको सपना पुरागर्नसक्ला ?

यि र यस्तै अनगिन्ती प्रस्नहरुको घेरामा नेकपाको स्थायी कमीटी बैठक चलिरहेकोछ । त्यसैले अहिले पार्टी नेतृत्वबाट नेताकार्यकर्ता र जनताले पार्टीलाई गुट उपगुट भन्दापनि एकमना एकताकासाथ सुदृढीढ सबल सक्षम र रुपान्तरण सहितको सामुहिक नेतृत्वकोटिम सहितको नेकपा आजको आबस्यकता हो जनाताको यो अपेक्षालाई अहिलेको स्थायी कमीटीका कमरेड हरुले पुरागर्नेगरी अगाडि बढ्नुनै अहिलेको यथार्थता हो ।
अमृत घिसिंग लेख्छन्ः नेतृत्वले सहि समयमा सहि निर्णय लिन सक्ने सामर्थ्य राख्नु पर्दछ। सहि निर्णय लिएको खण्डमा केही समय दिग्भ्रमित कार्यकर्ता माझ निराशा पैदा गराए पनि अन्तत आशाको किरणले नया उर्जा पैदा गराउने छ।
काजी दाइ लेख्छन्ः नेपालमा नाका बन्दी हुँदा भारतले होइन भन्ने तत्कालीन मधेसी दल र प्रधानमन्त्री को राजिनामा माग्दा भारतले होइन मैले भन्न भ्याउने प्रचण्ड काम्रेड,हाम्ले नि बन्दुक बोक्ने छोडेका हौं बिर्सेका होइनौ। कुर्सीको लागि को कतिसम्म गिरेको छ भन्ने प्रायस् नेपाली जनतालाइ था छ। प्रधानमन्त्रीको विकल्पमा माधवकुमार ,झलनाथ ,बामदेव र प्रचण्ड नै हुन भने अस्वीकार छ। यी सब को क्षमता देखि सकियो। अबको सत्ता युवाको काधमा हुनुपर्छ । होइन भने ओलि नै ठिक । बाँकी जे सुकै होस कमसेकम देशको बारे त बोले र गरे।
भानुभक्त नेवार लेख्छन्ः स्थायी समितिको वहुसंख्यक सदस्यहरुले सरकार चलाउन असफल विवादित अभिव्यक्ति दिएका केपी वलीको राजीनामा माग गरिरहेको अवस्थामा केही नेताहरुले त्यो हिम्मत कहावाट आयो भन्दै छन । ए आमोइ त्यो सोध्ने हिम्मत तागत चाही कहाँवाट आयो होला त प्रिय कमरेड ???
शिव पहाडी लेख्छन्ः कमरेड, पार्टीको एक इमान्दार कार्यकर्ता भएको हिसाबले यति मात्र भन्न मन छ, पार्टीलाई विधि, विधान अनि सामुहिक निर्णयका आधारमा चलाउने प्रयत्न गरियोस् । अहिलेको वर्तमान नेपाल कम्युनिष्ट पार्टी बनाउन हामिजस्ता लाखौलाख कार्यकर्ताको रगत अनि पसिना गासिएको छ । कम्युनिष्ट एकाता जिन्दावाद
इन्जिनियर, बिनोद खुलाल बस्नेत लेख्छन्ः यो सहमतिमा बनेको पार्टीमा अल्पमत बहुमत कसरी आउछ ?
खगेन्द्र कार्की, दुद्यौली लेख्छन्ः पार्टी एकता हुँदा प्रचण्ड र ओलीबीच आलोपालो सरकार चलाउने र दुबै अध्यक्ष कार्यकारि भूमिकामा रहने सहमति भएको थियो । तर ओलीले व्यबहारमा यो कुरा कहिल्यै पालना गरेनन् । त्यसपछि सचिवालय बैठकले प्रचण्डलाई कार्यकारि अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेपनि ओलीले स्वेच्छाचारी ढंगले सरकार र पार्टी सञ्चालन गर्न थाले । एकतामा आँच आँउँछ भनेर प्रचण्डले आलोपालो प्रधानमन्त्री बन्ने सहमति पनि त्याग गरे । ५ वर्ष तपाईं नै प्रम बन्नुस समेत भने । प्रचण्डको त्याग र सहमतिको भावनालाई ओलिले सम्मान गर्न जानेनन्। उनी झनै निरंकुश हुँदै गए । पार्टीले नक्सा सार्वजनिक गर्न निर्देशन दिंदा समेत ६/७ महिनासम्म सार्वजनिक गर्न मानेनन्। अन्तिममा सचिवालय बैठकमा चर्को दबाबपछि नक्सा त सार्वजनिक भयो तर ओलिले त्यसलाई आफ्नो गुटगत स्वार्थमा क्यास गर्न खोजे । राष्ट्रवादको कुरा जति गरेपनि राष्ट्रघाती एमसीसी पास गर्नैपर्ने अड्डि कसे । जबकि पार्टी एमसीसी गलत भएको निस्कर्ष निकालेको थियो ।
यो सबै घटना हेर्दा ओलीलाई आफु र आफ्नो गुटगत स्वार्थ मात्र प्यारो देखियो । पार्टी फुटे फुटोस्, देश डुबे डुबोस् म र मैंले भनेको मात्र हुनुपर्छ भन्ने तानाशानी प्रवृती उनमा हावि भयो। के पार्टी एकता लहडमा भएको थियो ? के यो सँग करोडौं नेपालीका सपना जोडिएका छैनन् ? जनताले राजनिती अस्थिर भयो, सरकार अस्थिर भयो त्यसैले देश विकास हुन सकेन भनेर नेकपालाई दुई तिहाई मत दिएर जिताएका होईनन् र ? के आज जनभावना लाई शिरोधार्य गर्दै देश विकासमा लाग्न छोडेर खोक्रो राष्ट्रवादको नारा अलाप्दै ‘म , मेरो र मैंले’ भन्दै गुटगत स्वर्थमा रमाउँदै हिंड्ने समय हो ? यो कुनै व्यक्ति विशेषको विरोध हैन, प्रवृतिको विरोध हो । अझै समय छ – आत्मालोचना गरौं, जनमतको कदर गरौं, देश विकासमा लागौं ।विभाजनले कसैकाे भलाे गर्दैन । अभिवादन ।। सलाम।।
दिनेश सिलवाल लेख्छन्ः दशबर्षे द्वन्द अनि कयौं वर्ष भूमिगत भएर धेरै नेपालीको बलिदान बाट नेपाली राजनीतिमा उदाएका प्रचण्ड एक कम्युनिस्ट नेता हुन कहिल्यै सकेनन् । अहिलेको उनको अवस्था पदको पछाडी पर्ने एक पदलुलुप पुजीपतिको छ । अहिले हरेक नेपालीको चाहाना स्थाई सरकारको हो । सरकार सच्चिनु जरुरि छ तर सरकार परिवर्तनको नाममा देशलाई अर्को राजनैतिक दुर्घटनामा पुर्याउने अधिकार कसैलाई पनि छैन ।











