सुदूरपश्चिममा ८ जना ल्याब असिष्टेण्टमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) कैलालीका अध्यक्ष मीनबहादुर धामीका अनुसार ८ जना ल्याब असिष्टेण्ट मध्ये तीनजनाले कोरोना जितेर घर फर्किका छन् ।
पाँचजना अझै अस्पतालको आइसोलेशनमा छन् । उपचाररत मध्ये कैलालीमा एकजना तथा बाजुरा र महेन्द्रनगरका दुई–दुईजना रहेका छन् ।
कञ्चनपुरका तीनजना ल्याब असिष्टेण्ट भने कोरोना जितेर घर फर्किएको मेलान कैलालीका अध्यक्ष मीनबहादुर धामीले जानकारी दिए ।
कञ्चनपुरमा कोरोना निको भएका ल्याब असिष्टेण्टहरुले कोरोनाको लक्षण नदेखिएर नै पोजेटिभ देखिए पनि आफूहरुलाई केही अनुभव नभएको बताएका छन् ।
ल्याब असिष्टेण्टमा कार्यरतलाई कोरोना पोजेटिभ देखिएपछि मेलान कैलालीका अध्यक्ष धामीको समन्वयमा सगरमाथा इन्स्युरेन्स कम्पनीले विमाको व्यवस्था समेत गरेको छ । सुदूरपश्चिममा हाल पाँचसय जना ल्याब असिष्टेण्ट कार्यरत छन् ।











