सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अमरेशकुमार बैदारले अहिलेको सरकारबाट सम्वृद्ध नेपाल बन्नै नसक्ने ठोकुवा गरेका छन् । सामाजिक सञ्जाल मार्फत आफ्नो भनाई सार्बजनिक गर्दै उनले उद्योगी, व्यापारी र व्यवसायीहरुले सरकार, सर्वसाधारण नागरिक लगायत सबैलाई सहयोग गरिरहेको तर सहयोग गर्ने वर्गलाई समस्या पर्दा कसैले नहेरेको बताएका हुन् । उनले अहिले आफुहरु समस्यामा परिरहेको तर कसैले पनि नहेरेको भन्दै दुखेसोसमेत पोखेका हुन् । समस्यामा परेका उद्योगी, व्यवसायी र व्यापारीलाईसहयोग नगर्ने सरकारले सम्वृद्धि हाँसिल गर्न नसक्ने निश्कर्ष पनि निकालेका हुन् ।
आफ्नो स्टाटसमा अध्यक्ष बैदारले कोरोना रोकथाम नियन्त्रणका लागि संघका तर्फबाट केन्द्र तथा स्थानीय सरकारलाई के कस्ता सहयोग गरेका थिए, सो कुरा भने उल्लेख गरेका छैनन् ।
