कन्दमुल विकास केन्द्रमा आगलागी प्रदेशखबर संवाददाता - ५ असार २०७७, शुक्रबार ०५:०६ सिन्धुलीको कन्दमुल विकास केन्द्रमा आज बिहान आगलागी भएको छ । कोठाभित्रको विद्युतको तार काटेपछि भएको आगलागीले आज बिहान भागदौड मच्चिएको थियो । छेउमै रहेको सशस्त्र प्रहरी र कर्मचारीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थाहा लागेको छ ।