बाँकेमा थप आठ जनामा कोरोना देखिएको छ।भेरी अस्पताल, नेपालगञ्जले दोस्रो पटक साँझ संक्रमितको संख्या सार्वजनिक गर्दा बाँकेमा आठ जना थपिएका हुन्।यसअघि दिउँसो सार्वजनिक गर्दा एकजना परेका थिए।
थपिएका आठ जनामध्ये तीन जना नेपालगञ्ज र पाँच जना खजुराका छन्।नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. ४ मा ४९ वर्ष, १३ नम्बरमा २४ र २० नम्बरमा ३२ वर्षका पुरुषमा कोरोना देखिएको हो।
खजुराको वडा नं. २ की २३ वर्षीया महिला, वडा नं. ३ को ४३ वर्षीय पुरुष, वडा नं. ४ का ३५ वर्षीया महिला र ३६ वर्षीय पुरुष र वडा नं. ५ का एकजनामा कोरोना देखिएको छ।बाँकेमा योसहित कोरोना संक्रमितको संख्या २ सय ७९ जना पुगेका छन्।
बर्दियाका एकजनामा पनि कोरोना पुष्टि भएको छ।मधुवनका एकजना १८ वर्षीय किशोरमा कोरोना देखिएको हो।यसअघि भेरीले एक बजे सार्वजनिक गरेको विवरणमा बाँकेका एक र बर्दियाका १८ जनामा कोरोना देखिएको थियो।
यसैबीच, कोरोना विशेष अस्पताल, बेलझुण्डी दाङले घर पठाएका नरैनापुरका तीन जनालाई नेपालगञ्जमा ल्याएर आइसोलेसन सेन्टरमा राखिएको छ ।
स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार भन्दै पोजिटिभ रिपोर्ट हुँदाहुँदै बेलझुण्डीले उनीहरु आइतबार घर पठाइदिएको थियो।
पोजिटिभलाई घर पठाइएपछि स्थानीयले चर्को विरोध गरेका थिए।उनीहरुलाई सोमबार दिउँसो नेपालगञ्ज ल्याएर आइसोलेसन सेन्टरमा राखिएको छ ।
बाँकेबाट सोमबार नरैनापुरबाट २० जना घर फर्किएका छन्।उनीहरु खजुराको कृषि अनुसन्धान केन्द्रको आइसोलेसन सेन्टरमा थिए ।