प्रदेश २ मा आज (मंगलबार) थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश २ का १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ अधिकृत एवं प्रवक्ता विजय झाले जानकारी दिए ।
पछिल्लो समय प्रदेश २ मा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित बढ्दै गएका छन् । यो सँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय १५ पुगेको छ ।
प्रवक्ता झाले भने, ‘आज ठूलो संख्यामा प्रदेश २ मा कोरोना संक्रमित बढेको छ । आज प्रदेश भरमा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।’
सोमबार मात्र प्रदेश २ मा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।