कोरोना संक्रमणका बीच कमलामाई नगरपालिकाले बितरण गरेको राहत सामाग्री गुणस्तरहिन र तोकिएको परिमाणभन्दा कम बितरण गरेर अनियमितता गरेको आरोपमा उत्रिएका वडा न.ं ४ का अध्यक्षलाई माग गरिएका खाद्य सामाग्री लगेर बितरण गर्न दिएको म्याद भोली सकिंदैछ ।
वडा अध्यक्ष महेन्द्रप्रसाद ढकाललाई उनैले माग गरेका र शिफारिश गरिएका व्यक्तहरुलाई बितरण गर्नका लागि छुट्याएको राहत सामाग्री १५ दिन बितिसक्दा पनि नलगेपछि नगरपालिका कार्यालयले जेठ १९ गते तीन दिनभित्र राहत सामाग्री लैजान र बितरण गर्न भन्दै पत्र लेखेको थियो । प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेको पत्रको म्याद आज सकिंदैछ ।
वडा अध्यक्षलाई लेखिएको पत्रमा उक्त खाद्यान्न ३ दिन भित्र लैजान भनिएको हो । तर त्यसबारे कुनै जानकारी आएको छैन, प्रमुख प्रशासकिय अधिकृत सुवेदीले सम्वाददाताहरुसँग भन्नुभयो । वडा अध्यक्ष महेन्द्रप्रसाद ढकालले माग गरेभन्दा बढी संख्यामा हामीले राहत सामाग्री राखिदिएका थियौं, तर उहाँले नलगेपछि बाध्य भएर पत्राचार गरेका हौं । भोली कार्यालय समयभित्र उहाँले लैजानु भएनभने नगरपालिका आफैंले राहत माग भई आएका अन्य वडाहरुमा उक्त राहत सामाग्री पठाउने बताउनुभयो । राहत सामाग्री खरिदमा कुनै पनि अनियमितता र कमजोरी भएको छैन, उहाँले पूर्वाग्रहपूर्ण काम गरिरहनु भएको छ, त्यसको परिमाण सर्वसाधारणले भोग्नुपर्ने अबस्था आयो, संवाददाता सम्मेलनमा सुवेदीले भन्नुभयो ।
अन्य साना राजनैतिक दलको साथ लिएर हिजो स्थानीय प्रशासनमा नगरपालिकाले अनियमितता गरेको भन्दै हिजो ज्ञापनपत्र बुझाएका थिए ।
तर हिजोनैं स्थानीय प्रशासन र सरोकारवाला निकायले राहत गोदाम गरिएका वडा कार्यालयमा गएर चेक जाँच गरेपछि वडा अध्यक्ष लगायत साना दलले लगाएको आरोप झुठा सावित भएको छ ।