सरकारलाई कोभिड १९ को क्षतिबारे ज्ञान नै छैनः सभापति देउवा

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई कोभिड १९ ले पार्न सक्ने क्षतिबारे ज्ञान नै नरहेको बताएका छन् ।

आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रमका सम्बन्धमा संसदको छलफलमा भाग लिँदै देउवाले महामारी नियन्त्रण गर्न सरकार असफल रहेको बताए ।

उनले महामारी नियन्त्रण सम्बन्धमा सरकारको नीति तथा कार्यक्रमले सम्बोधन नै नगरेको आरोप लगाएका छन् ।