सिन्धुली: आउँदो फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचन नजिकिंदै जाँदा सिन्धुलीका समाजसेवी एवम् जलन अभियन्ता उज्वल बिक्रम थापाले आफूले मतदान गर्ने आधारहरु सामाजिक सञ्जालमा साझा गरेका छन् ।
सिन्धुलीको क्षेत्र नंं २ को मतदाता रहेका थापाले आफूले मताधिकारको प्रयोग गर्ने बताउँदै मेरो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने सम्पूर्ण उमेदवारहरुका निम्न चिजहरु अध्ययन गरेर फैसला लिने प्रष्ट पारेका छन् ।
अभियन्ता थापाले सिन्धुली क्षेत्र नं. २ का उमेदवारहरुको अनुभव, शिष्टता र सरलता, नैतिकता, मानवीन सोच, करुणा, निर्वाचन क्षेत्रको चुनौतीको बुझाई
भूईमान्छेले व्यहोर्ने अमानबियताको बुझाई, ती उमेदवार संलग्न दलको नीति तथा कार्यक्रम र उमेदवारको दैनिकीका साथै परिवार पालन पोषण गर्ने आम्दानीको स्रोतलाई मतदानको मूखय आधार बनाएको कुरा सार्वजनिक गरेका छन् ।
सिन्धुलीको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनैतिक अबस्थालाई गहिरो अध्ययन गरेका थापाले अहिले सिन्धुलीका राजनैतिक दल र स्वतन्त्र उमेदवारी दिएकाहरुको गहिरो अध्ययन गरेको देखिएको छ ।
उनले भनेकाछन्: ‘मेरो न कुनै दल प्रति लगाव छ न दुश्मनी । म एउटा स्वतन्त्र मतदाताको नाताले आफुलाई सबै भन्दा योग्य लाग्ने उमेदवार लाई मत दिन्छु । मेरो क्षेत्र बाहेक देश भरीका उमेदवारको कुनै चासो राख्दिनँ । किन समय बर्बाद गर्नु । हरेक मतमा राष्ट्र जोगाउन र ध्वस्त बनाउने शक्ति छ भन्ने बिश्वास राख्छु । इमानदार सरकार बनाउने अभिभारा ईमानदार मतदातामा सिमित हुन्छ । सामाजिक संजालको प्रभावले मात्र यहाँ मतदान गर्ने सोचमा हुनुहुन्छ भने बधाई र शुभकामना छ । केहि समयमा यहाँ कै सामाजिक संजालमा फेरि गुनासो सुन्नु पर्ने हुन्छ । देश अरु कसैले बनाउन सक्दैन बनाउने मैले नंै हो भन्ने शक्ति बुझ्नुस् । मत हतियारको प्रयोग गरौं असक्षम अहंकारी र गफाडिहरु लाई पाखा लगाऔं ।
जित कसको कुन पार्टीको, कुन पुस्ताको हुन्छ ठुलो कुरा होईन देश हारेको हेर्न नपरोस् ।
समाजसेवी थापाले साझा गर्नुको भएको स्टाटस जस्ताको तस्तैः
म आफ्नो मताधिकार अवस्य प्रयोग गर्ने छु । मेरो निर्वाचन क्षेत्र मा प्रतिस्पर्धा गर्ने सम्पुर्ण उमेदवार का निम्न चिज हरु अध्ययन गरेर फैसला लिने छु
१) अनुभव
२) शिष्टता र सरलता
३)नैतिकता
४)मानवीय सोच
५)करुणा
६)निर्वाचन क्षेत्रको चुनौती बुझाई
७)भुइँमान्छेले बेहोर्ने अमानवीयता को बुझाई
८) उहाँको दल को निति कार्यक्रम
९) उहाँको दैनिकी र परिवार पालन पोषण गर्ने आम्दानी को श्रोत
मेरो न कुनै दल प्रति लगाव छ न दुश्मनी । म एउटा स्वतन्त्र मतदाताको नाताले आफु लाई सबै भन्दा योग्य लाग्ने उमेदवार लाई मत दिन्छु । मेरो क्षेत्र बाहेक देश भरीका उमेदवारको कुनै चासो राख्दिन । किन समय बर्बाद गर्नु । हरेक मतमा राष्ट्र जोगाउन र ध्वस्त बनाउने शक्ति छ भन्ने बिश्वास राख्छु । इमानदार सरकार बनाउने अभिभारा ईमानदार मतदातामा सिमित हुन्छ । सामाजिक संजालको प्रभावले मात्र यहाँ मतदान गर्ने सोचमा हुनुहुन्छ भने बधाई र शुभकामना छ । केहि समयमा यहाँकै सामाजिक संजालमा फेरि गुनासो सुन्नु पर्ने हुन्छ । देश अरु कसैले बनाउन सक्दैन बनाउने मैंले नैं हो भन्ने शक्ति बुझ्नुस् । मत हतियारको प्रयोग गरौं असक्षम अहंकारी र गफाडिहरु लाई पाखा लगाऔं ।
जित कसको कुन पार्टीको कुन पुस्ताको हुन्छ ठुलो कुरा होईन, देश हारेको हेर्न नपरोस् ।











