सिन्धुली: नेपालको जेनजी बिद्रोहपछि हाइज्याक गरेर एकाएक चर्चामा आएका हामी नेपाली संस्थाका संरक्षक सुदन गुरूङका सदस्यहरुको पहिचान खुलेको छ ।
सिन्धुलीमा भएको आन्दोलनको योजना बनाउने देखी हिंसा भड्काउन सक्रिय भएका ८ जनाको नाम, कन्ट्याक्ट ट्रेसिङङ र उनीहरुले लेखेका म्यासेजहरु राजधानीमा रहेका आन्दोलनकारी लिडरहरुसँग देखिएको अनुसन्धान अधिकारीले बताएका छन् । सिन्धुलीमा राष्ट्र्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेमा सम्बद्ध भएका भनिएका ८ युवाको पहिचानगरी नाम नामेसी तयार पारिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । पहिचान भएका व्यक्तिको बिबरण थप अनुसन्धानका लागि माथिल्लो निकायमा पठाएको दाबी सुरक्षा स्रोतको छ ।
सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार नेपालका युवा लक्षित परियोजनामा लागनी गरिएको भनिए करोडौं रुपैयाँको आर्थिक बिबरण केही दिन अगाडिबाट हामी नेपाली संस्थाको वेबसाइटबाट हटाइएको छ । जनकी ६ महिना अगाडि सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा सिन्धुलीका क्याम्पसमा स्वतन्त्र रुपमा उमेदवार बनेका स्ववियू सभापतिका लागि सो संस्था मार्फत सहयोग रकम आएको सुरक्षा स्रोेतको दाबी छ । गौमतीका स्वतन्त्र उमेदवार गोपाल राना मगरका नाममा ३ सय डलर सिन्धुली आएको सुरक्षा स्रोतको बिबरणमा उल्लेख छ । तर सभापतिका स्वतन्त्र उमेदवार बनेकाहरुले प्राप्त भएको भनिएको रकम पाए वा पाएनन् वा बीचमा अर्कैले चप्काए त्यो भने थाहा लागेको छैन ।
यता सिन्धुलीमा भएको आगजनी र तोडफोड बिरुद्ध प्रहरीले किटानी जाहेरी दिन राजनैतिक दलका जिल्ला नेतालाई अनुरोध गरेको भएपनि यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका कोही पनि नेताले किटानी जाहेरी दिएका छैनन् ।
तर गएको असोज ३० गते पहिलो पटक आफ्ना कार्यकर्तासहित सडकमा निस्किएका एमाले र कांग्रेस नेता कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मार्फत सिन्धुलीमा भएको आगजनी र तोडफोडमा संलग्नहरुको नाम किटानगर्दै लिखित जाहेरी बुझाएका थिए । -सन्देश जनप्रियबाट
नेपाली कांग्रेस र एमालेका जिल्ला अध्यक्षले तयार पारेको नाम नामेसीलाई जाहेरीमा समेट्दै नेपाली कांग्रेस सम्बद्ध तरुण दल, नेपाल विद्यार्थी संघ, एमाले सम्बद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववियुका जिल्ला अध्यक्षले हस्तक्षर गरेका छन् । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको भनिएको सो जाहेरी दरखास्तलाई दुबै दलका नेताहरुले सार्वजनिक गरेका छैनन् ।
प्राप्त बिबरण अनुसार किटानी जाहेरीमा सरकारी कार्यालयमा कार्यरत कर्मचारी, एनजिओकर्मी लगायत झण्डै तीन दर्जनको नाम समावेश छ ।
एक नम्बरमा तेजेन्द्र खड्का, रोशन लामा, राजिव थापा, क्षितिज श्रेष्ठ, सुजन गौतम, पर्वत श्रेष्ठ, रमेश थापा, गैरसरकारी संस्था हेण्ड्स नेपालमा कार्यरत कर्मचारी कुमार थापा, विनोदजंग कार्की, मेकिता केसी, रमण चौधरी, गौरीशंकर चौधरी र लक्ष्मण साह समेत छन् ।
सुरक्षा स्रोतका अनुसार दलका भातृ संगठनले दिएको जाहेरीमा उल्लेख भएका केही नामहरु भने प्रतिशोधका आधारमा राखिएको र त्यस १२ जनालाई मात्रै अनुसन्धानको दायरामा आउने बताइन्छ । ढुंगा हान्ने, सिसा फुटाउने व्यक्तिरुलाई भने उन्मुक्ति दिने स्रोेतले दाबी गरेको छ ।











