सिन्धुली: एक अर्कालाई सिध्याउन पार्टी नेतृत्वमा आफ्नै सहकर्मी साथीले अहिले र विगतमा सामाजिक सञ्जालमा लखेको स्टाटस पार्टी हेर्डक्वार्टरमा पठाएर नेताको साखुल्ले बन्ने चलन नौलो होइन । पार्टी र कार्यकर्ता पङ्क्तिमा लोकप्रिय बन्नुको साटो नेताको ढोकामा पुगेर काम गर्ने आफ्नै नेताको हुँदै नभएको बनाबटी कुरा लगाएर धुप धुवाँर गर्नेहरु कांग्रेस, एमाले र माओवादीमा मात्रै होइन, साना दलहरुमा पनि देखिन्छन् ।
नेतृत्वको कमजोरीमा प्रश्न उठाउनुको साटो पुजापाठमा तल्लीन हुनेहरुले फेसवुक र टिकटकमा जनता र गुगलमा भुगोल देख्छन् भन्ने कुरा सिन्धुलीका केही थान नेताहरुले पार्टी सञ्चाल बिधीलाई धोती लगाएबाटै थाहा लागिसकेको छ ।
कुरा पछिल्लो समयको हो । दुई साता अगाडि माओवादी अध्यक्ष प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एससँग पार्टी एकता गर्ने कुरा बाहिर आएपछि महाधिवेशन प्रतिनिधी र प्रदेश कमिटी सदस्य मात्रै होइन, आफ्ना आसेपासेलाई एकता बिरोधी स्टाटस लेख्न लगाए । अनि जव प्रचण्डले पार्टीको नाम माओवादी र चुनाब चिन्ह हँसिया हथौडा तारानैं छोडेर सडेगलेको भनिएको संसदीय व्यवस्थालाई अँगाल्ने निर्णयमा पुगेपछि हतार हतार सामाजिक सञ्जालमा फर्मान जारी गरेर एकताको पक्षमा दृढ उभिए ।
पहिला आफैं प्रचण्डको पार्टी एकता विरोधी अभियानमा उभिंदै स्टाटस लेख्ने माओवादी नेताले सिन्धुलीका केही थान नेता कार्यकर्तालाई तपाई जस्तो जिम्मेवार व्यक्तिले एकता विरोधी कुरा लेख्न मिल्दैन, हटाउनुस् भन्दै धम्क्याउन थालेका छन् ।
माओवादी जनसंगठनका एक नेताले उक्त कुरा स्वीकार्दै आफू नेता भन्दा पनि कार्यकर्ताको तहबाट नेतृत्वको गलत कदम बिरुद्ध प्रश्न उठाएको जिकिर गरेका थिए ।
यता अध्यक्ष प्रचण्डको पार्टी एकता विरोधी स्टाटसका स्क्रिनसट सिन्धुलीका एक माओवादी नेताले पार्टी हेर्डक्वार्टरमा पठाएका छन् । सो स्क्रिनसट फेसबुकबाट लिइएको जिल्ला कार्यालय मार्फत हेर्डक्वार्टरमा पठाएका एक पदाधिकारीले सन्देश जनप्रियलाई बताए । प्रचण्ड समक्ष कुरा लगाएर आफू राम्रो बन्ने शैलीले यस पटक पनि निरन्तरता पाएको छ ।










