सिन्धुली: जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी बितरणगर्दै आएको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रयोग गरिरहेको खानेपानीको मुहान बाढीले बगाएपछि केही दिन खानेपानीको समस्या आउने भएको छ ।
तीन दिनदेखी आएको लगातारको वर्षापछि गड्यौली खोलामा आएको बाढीले खानेपानीले प्रयोगगर्दै आएको बाँध भत्काउनुका साथै पाइपलाइन बगाएपछि केही दिन पानी बितरणमा समस्या आउने संस्थाका अध्यक्ष घनश्याम देवकोटाले सन्देश जनप्रियलाई जानकारी दिए । खोलामा आएको बाढी घटेपछि मात्रै पाइप जडान गरेर पानी आपुर्ती सहज गराउन सकिने उनको भनाई छ ।
सानो पाइपबाट पानी सप्लाई भएपनि त्यो पर्याप्त नहुने बताउँदै केही दिन भित्रै खानेपानी आपुर्तिमा सहज हुने अध्यक्ष देवकोटाले बताए । लगातारको पानीपछि आएको बाढीले खानेपानी संस्थामा पुगेको क्षतिको बिबरण संकलन हुन बाँकी रहेकाले अहिलेनैं कहाँ के कति क्षति भयो भन्न नसकिने उनको भनाई थियो ।











