कोशी: कोशी व्यारेजमा पानीको बहाव पाँच लाख १० हजार ९६० नाघेपछि उच्च सतर्कता जारी गरिएको छ। बहाव लगातार बढ्दै गएपछि व्यारेजका सबै ५६ ढोका खोलिएको हो। कोशीमा पानीको सतह अत्यन्त खतरनाक तहमा पुगेको भन्दै प्रशासनले “हाई अलर्ट” जारी गरेको छ। अहिलेको प्रवाहलाई अत्यन्त जोखिमपूर्ण अवस्था मानिएको छ।











