सिडिओ र एसपीलाई २४ घण्टै कार्यालयमा बस्न गृहको निर्देशन

काठमाडौं: गृह मन्त्रालयले प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै बर्षातका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुन निर्देशन दिएको छ ।

मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै विपद्को व्यवस्थापनमा जुट्न निर्देशन दिएको छ । राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था अनुसार गन्तव्यसम्म पुर्‍याउने सहजीकरण गर्ने र आवश्यकता अनुसार यात्रुहरुलाई स्थानीय तह तथा संघसंस्थाहरुसँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन समन्वय गर्न पनि निर्देशन दिएको छ ।