सुनकोशी मरिण डाईभर्सनको सुरूङ खन्ने काम आज बिहानबाट औपचारिक रुपमा ब्रेक थ्रु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक औपचारिक कार्यक्रमका बीच बिहान ११ बजे ब्रेक थु्र गर्देछन् । यो आयोजनाको शिलान्यास तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । कमलामाई नगरपालिका वडा नं. २ कुसुमटारबाट २०७९ साल असोज २८ गतेदेखि खन्न सुरु गरिएको सुरूङ बाँध निर्माण स्थल सुनकोशी गाउँपालिका ७ कानढुंग्रीमा ब्रेक थ्रु भएको हो । प्रधानमन्त्री दाहाल मंगलवार साँझनैं सिन्धुली आइसकेको आयोजना प्रमुख मित्र बरालले सन्देश जनप्रियलाई बताए ।
आज बिहान ११ बजेबाट १ बजेसम्म प्रधानमन्त्री दाहालले ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम छ । तराईका ६ जिल्लामा सिंचाई सुविधा पु¥याउन सरकारले सुनकोशीको पानी तराईमा लैजाने, जनविद्युत उत्पादन गर्ने लगाएतका उद्देश्य राखी निर्माण गरेको आयोजनाको सुरुङ निर्माण समय अगावै सकिएको हो ।
सुरुङ निर्माणको काम चाईना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले गरेको हो । सुरुङ निर्माणको काम तोकिएको समयभन्दा ३ महिना अगावै सम्पन्न भएको छ ।
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सिन्धुलीको कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माणको काम ९९.९९ प्रतिशत सकिएपछि प्रधानमन्त्री दाहालले ड्याम साइडका केही पत्रकारहरुलाई साक्षी राखेर ब्रेक थ्रु गर्न लागेका हुन ।
कानढुंग्रीमा पर्ने सुनकोशी नदीमा ड्याम निर्माण गरि सुनकोशीको पानी मरिण खोला हुँदै ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पु¥याई सिंचाई सुविधा बढाउने यस आयोजनाको प्रमुख लक्ष्य रहेको छ । तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको कुल १ लाख २२ हजार हेक्टरमा सिँचाइ पु¥याउने आयोजनाको उद्देश्य हो । हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिंचाई हुँदै आएको छ ।
सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी मरिण खोलामा खसालिने छ । जहाँ ३१.०७ मेघावाट विद्युत समेत उत्पादन गरिने छ । ४९ अर्ब ४२ करोड रुपैंया लागतमा सम्पन्न हुने आयोजनाको सुरुङ निर्माणका लागि कोभेकले ११ अर्ब रुपैंयामा ठेक्का पाएको थियो । यस्तै बाँध तथा विद्युत गृह निर्माणको काम पटेल रमण जेभिले काम गरिरहेको भएपनि कामको गति सुस्त हुन थालेपछि समस्या उत्पन्न हुन थालेको देखिएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले कुुसुमटारमा राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइसभर्सनको एक औपचारिक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको थियो । तत्कालिन नेकपाका प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओलीको नेतृत्वमा थालिएको सम्बृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुने दिशाबाट अगाडि बढेको देखिएको छ ।