सिन्धुलीः नेपाल राष्ट्रिय संगठन शिक्षक संगठन तीनपाटनको अध्यक्षमा दीपक बराल सर्वसम्मत चयन हुनुभएको छ । आज भएको संगठनको तेस्रो अधिवेशनले शिक्षक बराललाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो । लामो समयदेखी शिक्षकहरुको हक हितमा क्रियाशिल बराल शिक्षकहरुका बीचमा लोकप्रिय मानिनुहुन्थ्यो । अधिवेशनले उपाध्यक्षमा देशकुमार पोखरेल, शुशिला पहाडी, सचिव थमान धनामगर, सहसचिव यमुनादेवी बास्तोला, कोषाध्यक्ष हरिलाल श्रेष्ठ र सह कोषाध्यक्षमा सिता कुमारी गौतम चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा शान्तिकुमारी श्रेष्ठ, जीवनकुमारी काफ्ले, डिल्लीराम अधिकारी, प्रेमवहादुर मानन्धर, भीमवहादुर राना, लेखवहादुर थापा, शुक्रवहादुर तामाङ र केशव पुलामी रहनु भएको छ ।
अध्यक्ष बरालले प्रदेशखरसँग संक्षिप्त प्रतिक्रिया दिंदै सम्पुर्ण शिक्षकहरुको हक हितका लागि काम गर्ने उद्घोष गर्नुभएको छ । उहाँले शिक्षकहरुको पेशागत हक हित नैं आफ्नो प्रमुख मुद्धा रहने बताउनुभयो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तीनपाटन गाउँ समितिका अध्यक्ष नेत्रहरि दुलालको अध्यक्षता एवं राष्ट्रिय समिति सदस्य पुरुषोत्तम पहाडीको प्रमुख अतिथियतामा भएको अबिधेशनको उद्घाटन सत्रमा जिल्ला समिति अध्यक्ष डा. हरिप्रसाद पोख्रेल, नेकपा एमाले तीनपाटन गाउँपालिका कमिटि अध्यक्ष छत्र दाहाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगरपालिकाका अध्यक्ष विष्णु फुयाँल, तीनपाटनका सचिव सोमप्रसाद भण्डारीको शुभकामना मन्तव्य रहेको थियो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तीनपाटन गाउँ समितिको तेस्रो अधिवेशन नयाँ समिति चयन र ११ बुदे आम्बोटे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा शिक्षकको हकहितको रक्षा गर्ने, शिक्षक–विद्यार्थी–अभिभावक बिचको सम्बन्ध सुमधुर बनाउने, शिक्षकको पेसागत दक्षता अभिवृद्धि गर्ने लगायतका ११ बुदे घोषणा जारी गरिएको छ ।