सिन्धुलीको सिद्धबाबा माध्यमिक विद्यालयले आफ्नो ३५ औं वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । विद्यालयले वसन्त पञ्चमीको अबसर पारेर विद्यालयको वार्षिक उत्सव तथा विभिन्न नाममा दाताहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा आफन्तजनको नाममा विद्यालयमा स्थापना गरिएका अक्षय कोषका सञ्चालकहरुलाई सम्मान गरिनुका साथै अक्षय कोषबाट प्राप्त व्याजको रकमबाट गरिव तथा असहाय विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्लेले जानकारी दिए ।
कार्यक्रममा अक्षय कोष स्थापना गर्ने माओवादी केन्द्र सिन्धुलीका नेता अरुण शर्मा कट्टेल, नवराज पहाडी (भिम) एमाले नेता महेन्द्रदेव श्रेष्ठलगायतलाई सम्मान गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कमलामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उज्वलकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री प्रदीप कटुवाल, एमाले नेता खड्गवहादुर खत्रीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिकी उपप्रमुख शान्तिा कार्कीले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा कमलामाई नगरप्रमुख उपेन्द्र पोखरेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएपनि उनी कार्यव्यस्तताका कारणले कार्यक्रममा उपस्थित नभएको बताइएको छ ।

कार्यक्रममा शैक्षिक प्रदर्शनी, वार्षिक प्रतिवेदन र साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रअ काफ्लेले गरेका थिए ।


