माओवादी नेता अरुण कट्टेलले स्थापना गरे पितृहरूको संझनामा अक्षय कोष

सिन्धुली: माओवादी केन्द्र कमलामाई नगरपालिका वडानम्बर ६ का अध्यक्ष एवम् समाजसेवी अरुण शर्मा कट्टेलले आफ्ना दिवंगत अभिभावक एवम् छोराको संझनामा १ लाख २५ हजार ५ सय पचपन्न रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।
आफ्ना स्वर्गीय पिता हेमप्रसाद, माता डम्बरकुमारी र छोरा देवेन्द्र शर्मा कट्टेलको संझनामा कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा माध्यमिक विद्यालयको वार्षिक उत्सवमा बिपन्न वालवालिकाहरुलाई उनीहरुको आवश्यक्ताका आधारमा छात्रवृद्धि प्रदान गर्ने उदेश्यले हेमप्रसाद उपाध्याय कट्टेल स्मृति अक्षक कोषको स्थापना गरिएको हो । एक औपचारिक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्वलकुमार थापा र प्रधानाध्यापक टोमप्रसाद काफ्लेलाई अक्षय कोषको चेक हस्तान्तरण गरिएको थियो ।