नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र घ्याङ्लेखले जनवर्गिय संगठनहरुको भेला आयोजनागर्दे सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको छ । माओवादी केन्द्रका सिन्धुली जिल्ला इन्चार्ज महेश्वर दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जनवर्गिय संगठन र मोर्चाका नेता कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको हो ।
नेता दाहालले पार्टीलाई विघिसम्मत ढंगले अगाडि बढाउन र जनताको भावना अनुसार कामहरु गर्न जरुरी भएको बताउनुभयो । निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना मन्तव्य दिंदै नेता दाहालले लामो कालखण्ड जनयुद्ध लडेका र पार्टीमा दुःख गरेका साथीहरु पछाडि पारिनु दुःखद भएको बताउँदै उहाँहरुको समस्यामा पार्टी एकाकार हुने नेतृत्व जनतबाट अलग नहुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति एवम् माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य कारसाङ लामा, बागमति प्रदेश सभा सदस्य सुष्पा भुजेल, बाबुराम राई, पालिका उपाध्यक्ष शंकरमान घलानलगायतका नेताहरुले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।
ठूलो संख्यामा उपस्थित स्थानीय पार्टी नेता कार्यकर्ताहरुको भेलाले अक्कल बहादुर भोलनको संयोजकत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
त्यसैगरी खड्गबहादुर श्रेष्ठको संयोजकत्वमा सदस्यीय नेवा मोर्चा, आईत सिं भोलानको नेतृत्वमा १९ सदस्यीय किसान मोर्चा, रविन्द्र बुर्जा मगरको संयोजकत्वमा २१ सदस्यीय मगर मोर्चा र सुनिता वाइवाको संयोजकत्वमा ३५ सदस्यीय महिला मोर्चा गठन गरिएको हो । त्यसैगरी रुपेश मोक्तानको संयोजकत्वमा २९ सदस्यीय युवा मोर्चा र सुर्य बहादुर बिकको नेतृत्वमा १७ सदस्यीय दलित मुक्ति मोर्चा गठन भएको माओवादी केन्द्र सिन्धुलीले जानकारी दिएको छ ।
त्यसैगरी तत्कालिन राज्यसत्ताद्धारा हत्या गरिएका दुधौलीका महान शहिद चन्द्र परियारको शालिकमा हत्या गरिएकै दिन एक श्रद्धाञ्जली कार्यक्रम गरिएको आयोजना गरिएको छ । अभियानका सिन्धुली जिल्ला इन्चार्ज महेश्वर दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेता दाहालले शहिद चन्द्रको शालिकमा माल्र्यापण गर्नुभएको थियो । एक मिनट मौन धारण गरेर शुरु भएको कार्यक्रममा प्रदेशसभा सदस्य सुष्पा भुजेल, इन्दिरा काफ्ले, दीपक खड्का लगायतका नेताहरुले माल्यार्पण गर्नुभएको छ ।
सिन्धुलीमा शहिद, वेपत्ता, अपाङ्ग लगायतका जनयुद्धमा संलग्नहरुलाई माओवादी सिन्धुलीका नेताहरुले बिर्सिएका बेला चार महिने अभियानमा भने उनीहरुलाई खोज्न थालिएको छ ।