नेकपा एमालेका अध्यक्ष ओली काँक्रे विहारमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित १ सय ५० भन्दा बढी केन्द्रीय नेतासहितको टोली केही समय अगाडि सुर्खेतको काँक्रे बिहार आइपुगेको छ । काँक्रे बिहारका अधिकारीले अध्यक्ष ओलीलाई स्वागत गरेकाछन् भने बिहारको ऐतिहासिक तथ्यवारे जानकारी गराएको टोलीका संलग्न प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जानकारी दिनुभएको छ ।

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने मुल नाराका साथ बैतडीको झुलाघाटदेखि यात्रासुरु गरेको थियो । काँक्रे विहार नेपालको एक प्राचीन सभ्यताको भग्नावशेष हो । कांक्रेबिहार भग्नावशेष नेपालको सबैभन्दा ठूलो भग्नावशेष अवस्थामा रहेको बौद्ध बिहार रहेको महासचिव लामाले बताउनुभयो । काँक्रेबिहारको सुर्खेत क्षेत्र तत्कालिन खश साम्राज्य अन्तरगत पर्थ्यो भन्ने कुरा निर्विवाद सत्य छ । खश साम्राज्यको बारेमा वस्तुगत अध्ययन गरेर वार् इतिहासकारहरूले बर्णनागरेको र इतिहासलाई नकार्न सकिंदैन । जहाँसम्म तिब्बती वंशावलीहरूले प्रस्तुत गरेका विवरण छन्, तिनलाई कृतिखम्ब अभिलेखले पुष्टि गरेको छ । कृतिखम्बले प्रस्तुत गरेको वंशवृक्ष सन्देह रहित छ त्यसको व्याख्या विश्लेषण गर्दा विचार पुर्याईएन भने चाहिं अर्थको अनर्थ लाग्न सक्छ । कर्णाली प्रदेशका सडक किनारमा धार्मिक स्थलहरूमा अभिलेखमा मिति अनुसार तिनिहरु तेह्रौँ शताव्दी देखि पन्ध्रौँ शताव्दी भित्रका छन् ।