एकै दिन २४ कोरोना भाइरस संक्रमित थपिए, नेपालमा संक्रमितहरुको संख्या १३४ पुग्यो

नेपालमा सोमबार संक्रमितहरुको संख्या एकै दिन २४ थपिएको छ। सोमबार बेलुका थप १३ जना संक्रमितहरुको संख्या थपिएसँगै एकै दिन संक्रमितहरुको संख्या २४ पुगेको हो।

स्वास्थ्य मन्त्रालयले सोमबार साँझ यसको जानकारी गराएको हो।

योसँगै नेपालमा संक्रमितहरुको संख्या १३४ पुगेको छ।

कपिलवस्तुमा छ जना, रुपन्देहीमा छ जना र बर्दियामा १ जना गरी १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यी सबैको परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको हो।

यसअघि सोमबार बिहान कपिलवस्तुमा १० जना संक्रमित थपिएका थिए भने १ जना संक्रमित सप्तरीमा भेटिएका थिए।