हेटौंडा: नेकपा एमाले सम्बद्ध अनेरास्ववियुको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट लालबहादुर बुढाथोकी (एलबी)को अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएको छ । हेटौंडामा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट आयोजक कमिटिका सह–संयोजक रहेका बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्माण चयन गरेको हो ।

कमिटीको उपाध्यक्षहरुमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी, सचिवमा प्रकाश कालाखेती, उपसचिवहरुमा प्रशान्त जंग पाण्डे, पवन तामाङ र जिपछिरिङ शेर्पा चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा अमृत थापा र कार्यालय सचिवमा लक्ष्मण सिलवाल सर्वसम्मत चयन भएका हुन् । नेता बुढाथोकी बागमती अखिलको सर्बसम्मत अध्यक्ष बन्दैछन् भन्ने समाचार अघिल्लो दिननैं प्रदेशखबर डटकमले प्रकाशन गरेको थियो ।












