एमाले सम्बद्ध अनेरास्ववियु बागमतीको अध्यक्षमा एलबी बुढाथोकी सर्बसम्मत हुँदै !

मकवानपुरः हेटौंडामा जारी एमाले सम्बद्ध अनेरास्ववियुको प्रथम अधिवेशनमा सर्बसम्मत नेतृत्व चयन हुने भएको छ ।
सम्वद्ध स्रोतका अनुसार उद्घाटन सत्रको समापन पछि भोली हुने बन्दसत्रबाट अनेरास्ववियु बागमतीको सहसंयोजक लालवहादुर बुढाथोकीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुने बताइएको छ । समितिको अन्य पदाधिकारीमा भने टुंगो लागि नसकेको थाहा लागेको छ ।केही समय अघि नेतृत्वमा भएको छलफलपछि सर्वसम्मत कमिटी चयन गर्न बाटो खुलेको विद्यार्थी नेताहरुले प्रदेशखबरलाई बताए ।