
सिन्धुली: सिन्धुली स्वर्गीय मदन देव श्रेष्ठको स्मृतिमा छोरा महेन्द्रदेव श्रेष्ठलगायतले एक लाख दुई हजारको अक्षय कोष स्थापना गरेकाछन् ।
नेकपा एमाले कमलामाई नगरकमिटी अध्यक्षसमेत रहेका श्रेष्ठले एक कार्यक्रमका बीच स्वर्गीय बुवा मदन देव श्रेष्ठ स्मृति अक्षय कोषको स्थापना गरि कमलामाई –६ पानिट्ङकी सिन्धुलीमा रहेको शिद्धबाबा माध्यामिक विद्यालयलाई अक्षय कोष सञ्चालन गर्ने र जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विधिगत रुपमा दर्ता नभए सम्मको लागि सहकार्य बचत तथा ऋण सहकारी संस्थामा खाता खोलि आजबाटै सञ्चालनमा ल्याइएको हो ।
कमलामाई नगरपालिका वडा नंं ६ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्वलकुमार थापालाई अक्षय कोषको चेक तथा आवश्यक कागजात हस्तान्तरण गरिएको छ । अक्षयकोषको चेक बुझेपछि संक्षिप्त प्रतिक्रियादिंदै श्रेष्ठ परिवारले गरेको पुण्य काम समुदायका अन्य व्यक्तिहरुले पनि अनुशरण गर्न आवश्यक भएको बताए ।
उक्त रकमको सहकारी संस्थाले त्रैमासिक रुपमा १३.७५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ । अक्षय कोषको बार्षिक ब्याजबाट आएको रकम विद्यालय परिवारको बार्षिक उत्सवमा कक्षा १ देखि १२ सम्मका विपन्न ,जेहेन्दार विद्यार्थिहरुलाई प्रोत्साहन स्वरुप छात्र वृद्धि प्रदान गरिने नेता श्रेष्ठले प्रदेशखबरलाई जानकारी दिए ।

सो ब्याजदर भुक्तानी लिन विद्यालयका तर्फबाट प्रध्यानाध्यापक र अक्षय कोषको तर्फबाट महेन्द्रदेब श्रेष्ठको हस्ताक्षर रहने छ । अक्षय कोषको रकम अक्षय कोषको मर्म र भावना अनुसार मुल धन कहिलै चलाउन वा घटाउन नपाउने र ब्याज मात्र विद्यार्थीहरुलाई वितरण गरिने भनि श्रेष्ठ र वडाध्यक्ष थापा बीच हस्ताक्षर भएको हो ।
१९८९ साल आश्विन १५ गते रामेछाप जिल्लाको भंगेरी गाउँमा जन्मिएका स्वर्गीय श्रेष्ठको २०७९ आश्विन २९ गते उपचारको क्रममा ९० बर्षको उमेरमा निधन भएको थियो ।
स्वर्गीय श्रेष्ठले आफ्नो जिवन कालको लामो समयसम्म जिल्ला प्रशासन कार्यालय सिन्धुलीको नागरिकता फाँटमा कार्यरत रही राष्ट्रका लागि योगदान पु¥याएका थिए ।

