क्यान्सर पिडित कुमार मिर्चिङलाई २ लाख सहयोग

सिन्धुली: कमलामाई नगरपालिका वडा नम्बर ११ निवासी क्यान्सर पिडित कुमार मिर्चिङलाई २ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
कमलामाई नगरपालिका वडा नम्बर ११ घर भई हाल अमेरिका निवासी तोयानाथ सापकोटाको परिवार तथा अमेरिकामा बसोबास गर्ने सहयोगी मनका नेपालीरूले पठाउनु भएको २ लाख रुपैयाँ कमलामाई नगरपालिकाका का निर्वतमान नगरप्रमुख खड्गबहादुर खत्रीले क्यान्सर पिडित कुमार मिर्चिङलाई हस्तान्तरण गरेकाछन् ।
रकम अभावमा उपचार गर्न नसकिएको बताउँदै आएका परिवारजनको गुनासोका आधारमा अमेरिकाबाट सहयोग रकम पठाएको तोयानाथ सापकोटाले प्रदेशखबरलाई बताए । रकम हस्तान्तरणपछि निवर्तमान नगरप्रमुख खड्गवहादुर खत्रीले कुमार मिर्चिङको जीवन रक्षामा सहयोग गर्न अपील गरे । तपाईको सानो सहयोगले उहाँको यौवन अबस्था बच्ने भएकाले सहयोग गरी पुण्य कमाउन खत्रीले अनुरोधसमेत गरेका थिए । -उद्धव श्रेष्ठबाट