सिन्धुली: कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले वैदेशिक रोजगारीमा जाँदा शिप सिकेर दक्ष भएर जानुपर्छ नत्र विदेशमा दुःख पाइन्छ भन्दै अभियान चलाएर सामी परियोजनाले सचेतिकरणको काम गरिरहेको बताउनु भएको छ ।
सामी परियोजनाद्धारा सिन्धुलीमा आयोजित रामेछाप र सिन्धुलीका परियोजना सहजकर्ताहरुका लागि सञ्चालित तीन दिने पुर्नताजगी तालिमको समापनका अबसरमा बोल्दै नगरउपप्रमुख देवकोटाले सो कुरा बताउनु भएको हो ।
उहाँले फिल्डमा काम गरिरहेका बेला आएका कठिनाईका विषयहरुको अनुभव आदानप्रदानगर्दै तालिमको अवधीमा सिकेको ज्ञान र सिपलाई व्यवहारमा प्रयोग गर्न सहजकर्ताहरु सफल हुने विश्वास व्यक्तगर्दै वैदेशिक रोजगारीमा जाँदा हुने संभावित दुर्घटनाबाट जोगाउन सामी परियोजनाले धेरै सहयोग पुगेको उल्लेख गर्नुभयो ।
थोरै सेवा सुविधा पाएपनि फिल्डमा खटिएका तपाईहरुजस्ता सहजकर्ताको भूमिका अत्यन्तै ठूलो भएको बताउँदै उहाँले केही दिन अगाडि इजरायलमा भएको भिषण आक्रमण र १० नेपाली युवाहरुको मृत्युको घटनाले पनि पुष्टि गरेको उल्लेख गर्नुभयो ।
प्रमुख अतिथिका रुपमा वोल्दै देवकोटाले अगाडि भन्नुभयोः इजरायलमा नेपाली युवा विद्यार्थीहरु मारिएका छन्, कैयौं मानिसहरु जोखिममा परेर उद्धारको पर्खाइमा छन् तर सरकार उनीहरुको जीवन रक्षाका लागि संदनशिल बन्न सकेन ।
एमाले वागमती प्रदेश कमिटी सदस्य समेत रहनुभएकी उपमेयर देवकोटाले बर्तमान सरकार नागरिकको जीवन रक्षा र उद्धारमा असफल सावित भएको बताउँदै कमलामाई नगरपालिका क्षेत्रका नागरिकलाई सकुसल स्वदेश फर्काउने सन्दर्भमा आवश्यक पहल गर्न कमलामाई नगरपालिका तत्पर रहेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधनगर्दै सामी प्ररियोजना हेर्ने कमलामाई नगरपलिका सामाजिक शाखाका बबिन्द्रलाल माझीले पालिकामा सामी परियोजना सञ्चालन भएपछि नगरपालिका क्षेत्र भित्रका नागरिकले सास्ती व्यहोर्ने क्रममा कमी आएको बताउनुभयो । उहाँले तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

सिन्धुली ४ पालिकाहरु कमलामाई, दुधौली, तीनपाटन र हरिहरपुरगढी र
रामेछाप जिल्लाको मन्थली, सुनापति, दोरम्बा र उमाकुण्ड गाउँपालिकामा सामी परियोजना अन्र्तगत सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भइरहेको नवराज दाहालले जानकारी दिए ।











