सिन्धुलीः आउँदो असोज ८ र ९ गते काठमाडौमा हुने एमालेको प्रथम प्रदेश अधिवेशनका लागि सिन्धुली एमालेले प्रतिनिधी छनोट गरेको छ ।
सिन्धुलीका नौं स्थानीय पालिका कमिटीले सर्वसम्मत रुपमा प्रतिनिधीहरु छनोट गरिसकेको अध्यक्ष रामकुमार कार्कीले जानकारी दिए । उनका अनुसार सुनकोशी गाउँपालिकाले मात्रै प्रतिनिधी छनोट गर्न सकेको छैन । राजधानी काठमाडौ बसेर राजनीतिमा सक्रिय रहेका बागमती प्रदेश कमिटी सदस्यहरु आफ्नो पालिकामै आएर प्रतिनिधी बन्न अनिर्वार्य गरेपछि त्यसको सबैभन्दा ठूलो सकस सुनकोशी गाउँपालिकामा परेको थाहा लागेको छ ।
दुधौली नगरपालिकाबाट कुनै बेला सिन्धुलीमा निकै ठूलो चर्चा कमाएका नेता शान्तिमान कार्की, डम्बर कार्की, दुधौली नगरपालकाका पूर्व मेयर घनश्याम रायत, एमाले जिल्ला अध्यक्ष रामकुमार कार्की, पूर्व जिल्ला विकास समितिका उपसभापति हेमवहादुर लामा, बौद्धिक व्यक्तित्व तिर्थराज बराल, बागमती प्रदेशसभा सदस्य सुकुमायाँ तामाङ, नारायण अधिकारी, सिताराम भट्टराई र डोरकुमारी बोगटी र खेमकुमारी ढुंगाना सर्बसम्मत रुपमा चयन भएका हुन् ।
त्यसैगरी कमलामाई नगरपालिकाबाट तत्कालिन नगरप्रमुख खड्गवहादुर खत्री, तत्कालिन प्रदेशसभा सदस्य बिनोद खड्का, पार्टी उपाध्यक्ष कर्ण घिसिङ, नगरउपप्रमुख मञ्जु देवकोटा, उपसचिव रस्मिला देवकोटा, राष्ट्रिय युवा संघका केन्द्रीय कार्यबहाक अध्यक्ष पुष्पराज श्रेष्ठ, अनेमसंघकी सिन्धुली अध्यक्ष पार्वती भट्टराई, कार्यालय सचिव नवराज थिङ, देवराज वाइवा, भरत पोखरेल, सुन्दर घिसिङ रमा शर्मा, मेनुका तिमल्सिना, मञ्जु देवकोटा, धनकुमारी तामाङ, खड्ग चौलागाई, टिकावहादुर मोक्तान, कैलाश ढुंगेल, दिपेन्द्र फुयाँल र बिजय मुनाल घिसिङ निकै ठूलो रस्साकस्सी बीच सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै फिक्कल गाउँपालिकाबाट बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवम् पूर्व सिन्धुली जिल्ला अध्यक्ष प्रदीप कटुवाल, पूर्व पालिका अध्यक्ष धनवहादुर कार्की, खड्गवहादुर रजन, पालिका अध्यक्ष पार्वती सुनुवार, पार्टी कमिटी अध्यक्ष रामप्रसाद भण्डारी र पूर्णमायाँ थापा मगर सर्बसम्मत चयन भएको अध्यक्ष भण्डारीले सन्देश जनप्रिय साप्ताहिकलाई बताए ।
गोलन्जोर गाउँपालिकाबाट नेताहरु ओम बराल, रोमवहादुर देवकोटा, गोविन्द लुंगेली, लक्ष्मण हायु र महिला प्रतिनिधिमा काठमाडौ बस्दै आएकी निलिमा गुरुङलाई सर्वसम्मत चयन गरिएको छ । काठमाडौ बसाइका क्रममा खर्च पानीमा सहजता ल्याउने उदेश्यले गोलन्जोरले स्थानीय कमिटीमा सक्रिय रहेका महिलालाई पाखा लगाउँदै गुरुङलाई सर्वसम्मत बनाएको पालिका कमिटीका एक सदस्यले बताए ।
त्यस्तै तीनपाटन गाउँपालका कमिटीले प्रदेश कमिटी सदस्यमा उमेदवार बन्ने अनुहार देखिएको प्रल्हाद पोखरेललाई एक नम्बरमा राखेर पठाएको छ । त्यसैगरी रामप्रसाद गौतम, रेखराज अधिकारी, तुक्तवहादुर पुलामी, पोष्टराज काफ्ले र पूर्व गाउँपालिका उपाध्यक्ष पदममायाँ तामाङलाई रस्साकस्सी बीच सर्वसम्मत बनाएर पठाएको छ ।
हरिहरपुरगढी गाउँपालिकाले हिरा लामा, मानवहादुर वाइवा र मेघराज राईलाई सर्वसम्मत रुपमा प्रतिनिधी बनाएर पठाएको एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले जानकारी दिए । उनका अनुसार ध्याङलेख गाउँपालिका कमिटीबाट अच्यूतकुमार श्रेष्ठ र प्रमिला वाइवालाई सर्बसम्मत रुपमा पठाइएको हो । त्यसैगरी दलित तर्फबाट नेता निर्मलकुमार रम्तेल र केशव सुन्दाससहित ५ जना प्रतिनिधी सर्वसम्मत चयन भएका हुन् । मरिण गाउँपालिका र सुनकोशी गाउँपालकाको भने आज साँझसम्म प्रतिनिधी छनोट हुने एमाले प्रचार बिभाग सचिव नबिन अधिकारीले जानकारी दिए ।










