सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ पक्राउ

सुन तस्करी प्रकरणमा थप तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौंबाट ३० लाख रुपैयाँसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू जोङ छ्याङ, झाओ हुई र ताङ जिङ रहेको सीआईबी स्रोतले जनाएको छ ।

गत साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । सुन तस्करी प्रकरणमा अहिलेसम्म २२ जना पक्राउ परेका छन् ।