सिन्धुली: मङ्गलवार सरोकारवाला निकायहरूसँग सिन्धुलीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दाहरू विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग र फ्रेण्ड्स हेटौंडाको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा सिम्रनले सहजीकरण गर्नु भएको थियो । उहाँले महिला समलिङ्गी, पुरुष समलिङ्गी, द्वलिङ्गी, तेस्रोलिङ्गी, अन्तर लिङ्गीले समाजमा भोग्नु परेको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँले नाम र लिगंको महल रुजु गर्न चिकित्सकीय प्रमाण पेस गर्नुपर्ने, मन्त्री स्तरीय बैठकले नाम र लिगंको महलको रुजूलाई प्रमाणित गर्नुपर्ने, “अन्य ” लिखित नागरिकता लिएकाहरूलाई रोजगारीमा विभेद नागरिकता तथा पहिचानको मुद्दामा आवाज उठाइदिन उहाँले आग्रह गर्नुभयो ।
राजनीतिक पार्टीहरू तथा निर्वाचन आयोगले महिला पुरुष बाहेक अन्य नागरिकता लिएकाहरूलाई निर्वाचनमा प्रतिनिधित्वको अधिकार दिलाउन अनिच्छुक भएको बताउनुभयो ।
मुलुकी देवानी संहिताले विवाहलाई महिला र पुरुषबिचको विवाह भनी उल्लेख गरेका कारण वैवाहिक समानता हुन नसकेको, “अन्य” नागरिकता लिएका व्यक्तिहरुलाई रोजगारीको अवसरबाट वञ्चित गराइएको बताउनुभयो । लैङ्गिक विविधताका व्यक्तिहरुलाई उनीहरूको लैङ्गिक पहिचान र अभिब्यति र उनीहरूको पहिचानको कागजातको कारणले रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको बताउनुभयो । नेपालको संविधान २०७२ मा उल्लेखित , यौनिक तथा लैगिंक अल्पसङ्ख्यकको अधिकारहरूको उचित कार्यान्वयन हून नसकेको बताउनुभयो ।