केही समय अगाडि सिन्धुली अस्पतालमा कार्यरत डाक्टरहरुले हस्त लिखित विज्ञप्ती जारीगर्दै गर्भवती महिलाको मृत्यु प्रश्चात अस्पतालमा भएको भौतिक क्षतिले कार्यरत स्वास्थ्यकर्मीहरुले असुरक्षित महसुस गरेका छन् ।
असुरक्षित महसुस भई मानसपटलमा असर परेकोले तत्काल सेवामा हाजिर नहुने स्वास्थ्यकर्मीहरुले घोषण गरेका छन् । पिडित पक्ष, स्थानीय प्रशासन र सरोकारवाला निकायका बीचमा छानवीन आयोग बनाउने, दोषी प्रमाणित भए कारबाही गर्ने र अस्पतालको प्रशासनिक सेवा र उपचार चुस्त दुरुस्त बनाउने सहमति भइसकेपछि सिन्धुली अस्पतालमा भएको आक्रमणले घटनालाई शन्देहास्पद बनाएको छ ।
गर्भवती महिलाको मृत्युको घटनालाई सहज अबतरण गराउने र अस्पताललाई सुचारु गराउने भन्दा पनि धमिलो पानीमा माछा मार्न खोज्ने समूहको स्वार्थमा अस्पताल तोडफोड भएको आँकलन गर्न थालिएको छ । मृत्यु प्रकरणलाई चर्काउने र शान्ति सुरक्षा कायम राख्न नसकेको दोष प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीमाथि थोपर्ने उदेश्यले अस्पताल तोडफोड भएको विश्लेषण गर्न थालिएको छ ।












