गर्भवती महिलाको मृत्युपछि सिन्धुली अस्पताल तनाबग्रस्त, अस्पतालको सम्पूर्ण सेवा बन्द (फोटोसहित)

अस्पतालमा उपचारको क्रममा गर्भवती महिलाको मृृत्यु भएपछि पिडित पक्षले अस्पतालमा गरेको आन्दोलनले सिन्धुली अस्पताल तनाबग्रस्त बनेको छ । उनीहरुले डाक्टरको लापरबाहीका कारणले गर्भवती महिलाले ज्यान गुमाउनु परेको भन्दै हिजो साँझबाट थालेको आन्दोलन हिंस्रक बन्दै केही बेर अगाडिबाट ढुंगा हानाहान भइरहेको छ । अस्पताल प्रशासनले इमरजेन्सी सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ५ को गंगा गुरूङ श्रेष्ठको मृत्यु भएपछि सिन्धुली अस्पतालमा तोडफोड भएको हो भने डाक्टर र चिकित्सकहरुलाई स्थानीय प्रशासनले संरक्षण गरेर राखेको छ । डाक्टरले गलत ओेैषधि पर्योग गर्दा गर्भवती महिलाको मृत्यु भएको आफन्तजनले दाबी गरेका छन् ।

May be an image of 2 people and text

May be an image of 4 people and text

May be an image of 3 people and crowd
May be an image of 6 people and hospital