समिर काफ्लेसहित आधा दर्जन चोरहरू सार्वजनिक, अझै चल्छन् चोरीका मोटरसाइकल !

प्रहरीले चोरी भएका आधा दर्जन मोटरसाइकल सहित आधा दर्जन चोरहरुलाई पक्राउपछि सार्वजनिक गरेको छ । सिन्धुली प्रहरीले चोरीमा संलग्न भएककाहरुलाई मोटरसाइकलसहित सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा तिनपाटन ६ का निवासी समीर काफ्ले, मानबहादुर खपांगी, तिनपाटन ४ का घनश्याम भुजेल, सन्तोष बाराकोटी, जीवन र रमौली रहेको सिन्धुली प्रहरीले सार्वजनिक गरेको बिबरणमा उल्लेख गरिएको छ ।
आफुलाई एमाले कार्यकर्ता बताउने समीर काफ्लेको घरबाट प्रदेश ३–०२–००४ प ६५०३ नम्बर भएको १५० सिसी पल्सर, मोटरसाइकल, घनश्याम भुजेलको घरमाबाट प्रदेश २–०२–००३ प ३१५२ नम्बर भएको अपाचे मोटरसाइकल, मानबहादुर खपांगीको घरबाट बा ५६ प ०५८४ नम्बर भएको २२० सिसी पल्सर मोटरसाइकल, सन्तोष बाराकोटीको घरबाट बा ९१ प ५७४६ नम्बर भएको १५० सिसी पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले सन्देश जनप्रियलाई जानकारी दिए । मोटरसाइकल चोरका आफन्तहरु अहिले एमाले पार्टी कार्यालयमा मेरो आफन्तलाई छुटाइदिनुपरो भन्दै धाइरहेकाछन् ।

May be an image of 2 people, people standing and people sitting

विगतदेखीनैं चोरीका मोटरसाइकल खरिद बिक्री गर्ने र गराउन सहयोग गर्ने थप गिरोहको खोजी भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरु विगतदेखीनैं चोरी तथा ओसार पसारमा संलग्न भएको बालाजोरका स्थानीयले सन्देश जनप्रियलाई बताएका छन् । उनीहरुका अनुसार तीनपाटन गाउँपालिकामा सिन्धुली जिल्लाको सबैभन्दा बढी चोरीका मोटरसाइकल चलिरहेको छ । स्रोत अगाडि भन्दः १ सय २५ वटा चोरीका मोटरसाइकल तीनपाटन अझै चलिरहेको छ र उनीहरुलाई राजनैतिक संरक्षण प्राप्त छ, एक स्थानीयले खुलासा गरे । सिन्धुली प्रहरीले माघ ३ गते पक्राउ गरेका मोटरसाइकल चोरहरुलाई सिन्धुली अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।-यो समाचार सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ प्रकाशन गरेको छ ।