प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख २० हजार १ सय २५ मतगणना भएको छ । हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले २७ लाख ८८ हजार ३ सय ५६, नेपाली कांग्रेसले २६ लाख ६० हजार २ सय ४६, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार १ सय २४ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५ सय ४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६ सय ३८सय, जनता समाजवादी पार्टीले चार लाख २० हजार नौ सय ४६, जनमत पार्टीले तीन लाख ९४ हजार पाँच सय २३ मत प्राप्त गरेको छ । कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रबन्ध छ ।
नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९४ हजार तीन सय ६२, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार छ सय ६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार दुई सय ८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५७, हाम्रो नेपाली पार्टीले ५५ हजार छ सय १८, मंगोल नेशनल अर्गनाइजेशनले ४८ हजार ८ सय १८ र राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ८२ मत प्राप्त गरेको छ ।
आयोगका अनुसार प्रदेश नं १ मा १८ लाख ९९ हजार एक सय ४४ मतगणना भएको छ । एमालेले छ लाख ६५ हजार चार सय ६० मत प्राप्त गरेको छ । कांग्रेसले पाँच लाख ६२ हजार नौ सय ५६, राप्रपाले एक लाख ९८ हजार पाँच सय ११, माओवादीले एक लाख ८१ हजार दुई सय ४५, जनता समाजवादी पार्टीले ६१ हजार सात सय २३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)ले ५५ हजार नौ सय ५७ मत प्राप्त गरेको छ ।











