गुल्मी : गुल्मी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन् ।
विष्ट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै लगातार तेस्रो पटक सांसद भएका छन् । विष्टले २८ हजार ४७६ मत पाए भने झाँक्रीले २६ हजार ४४२ मत पाइन् । विष्टले २७० र २०७४ को निर्वाचनमा पनि जित हासिल गरेका थिए ।