नेकपा एमालेबाट प्रतिनिधीसभा क्षेत्र नं २ मा उमेदवार बन्नुभएका एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले विजयी बन्नुभएका एमाओवादी केन्द्रका उमेदवार राजन दाहाललाई बधाई दिनुभएको छ । मतगणना स्थलमा भेटिनुभएका दाहाललाई उहाँले बधाई दिनुभएको हो । निर्वाचन प्रचार प्रसारका क्रममा दुई नेताका बीच विभिन्न स्थानमा जम्काभेट हुँदा पनि निर्वाचनलाई स्वच्छ र मर्यादित ढंगले प्रतिस्पर्धा गर्ने कुरा भएका थिए । उहाँले निर्वाचनको नतिजामा सफल हुनुभएका सिन्धुलीका सबैमा शुभकामना दिनुभएको हो । उहाँले शुभकामना दिनुभएको फोटो सामाजिक सञ्जालमा देखिएको छ । एमाले नेता थापाले उहाँले आफु सिन्धुलीको सेवा गर्ने काममा निरन्तर लागिरहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ। बिकास, सुशासन, समृद्धि तथा राजनैतिक स्थायित्वको लागि आफ्नो अमुल्य मत दिनु हुने सबैमा हार्दिक आभार व्यक्त गर्दै उहाँले अगाडि लेख्नुभएको छ:
तपाईंहरुको मायाँ र सद्भावना सदैब स्मरण गर्ने छु र निर्वाचनमा रातोदिन मिहिनेत गरेर सहयोग गर्ने सबै कमरेड तथा मित्रहरू लाइ धेरै धेरै धन्यवाद ।-फोटो: दिपेश थापा