सिन्धुलीको विकासका लागि मनोजजंग थापाकोे ‘पाँच प’ अभियान : पानी देखि परिवारसम्मको सम्वृद्धि योजना

मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन नजिकिदै जादा दल र स्वतन्त्र उम्मेदवारहरु तिब्र चुनावि अभियानमा जुटेका छन् । निर्वाचन आयोगले चुनावी सभा र कार्यक्रम आगामी कात्तिक १७ गते मात्र गर्न पाईने भनेपनि उम्मेदबारी दर्ता गराएकाहरु जनताको वडा तथा गाउँ भेला र बैठक आयोजना गरेर जनता सँग जोडिन थालिसकेका छन् ।

सिन्धुली जिल्लामा नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नं. २ मा संघिय सांसदकालागि उम्मेदवार हुनुभएका मनोजजंग थापा जुनसुकै सर्तमा पार्टीले चुनाव जित्नुपर्ने भन्दै अब हचुवाको भरमा चुनाव नजितिने भएकाले प्रष्ट भिजन सहित जनताले बुझ्ने भाषामा अब कस्तो विकास गर्ने भनेर जनताको घरदैलोमा जानु पर्ने निष्कर्ष सहित जिल्लाका विभिन्न ग्रामिण ईलाकामा कार्यकर्ता भेटघाट कार्यक्रममा व्यस्त हुनुहुन्छ । नेकपा एमालेको बुद्धिजिवि परिषद्का केन्द्रीय इन्चार्ज थापा एमालेको केन्द्रीय सदस्य पनि हुनुहुन्छ । लामो समयदेखि सक्रिय राजनीति गरिरहनु भएको उहाँ देशका मुख्य मुद्दामा पार्टीलाई राय सुझाव दिनुहुन्छ । पदले पनि बुद्धिजिवि परिषद्को इन्चार्ज भएकाले उहाँ राजनितिक उतारचढावमा पार्टीको धारणा बनाउन मुख्य भुमिकामा हुनुहुन्छ । भारतको चेन्नाईबाट इन्जीनियरिङ अध्ययन गर्नुभएका थापा २०४८ सालमा चेन्नाईमा हुदा देखि नै वामपन्थी राजनीतिमा सक्रिय हुनुहुन्छ । बाबुराम भट्टराई संस्थापक भएर सुरु भएको अखिल भारत नेपाल बिद्यार्थि संघ.को सचिव समेत हुनु भएका थापा नेपालको माओवादीलाई अन्र्तराष्ट्रिय फोरमा चिनाउने एक महत्वपूर्ण कडिको रुपमा हुनुन्थ्यो ।

उहाँले नेपालको माओवादी र चिनिया कम्युनिष्ट पार्टी विच पहिलो पत्र आदान प्रदानको सेतुको रुपमा काम गर्नुभएको थियो भने द्वन्द्व कालमा माओवादी एजेण्डालाई अन्र्तराष्ट्रियकरण गर्ने मुख्य भुमिकामा हुनुहुन्थ्यो । शोषित बर्गको मुक्तीका लागि गरिएको आन्दोलनमा सहयोगि भएर खटिएका थापा माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछिका गतिविधिमा पटक्कै सन्तुष्ट हुनुहुन्न । प्रचण्डले नेतृत्व गरेको माओवादी धारले जनयुद्धमा देखाईएका सपना पूरा गर्न नसक्ने निष्कर्ष सहित नेकपा विभाजन पछि नेपाली कम्युनिष्ट पार्टीको मुल प्रवाह नेकपा एमाले नै भएको निष्कर्ष सहित उहाँ एमालेको राजनीतिमा सक्रिय हुनुहुन्छ र अहिले नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नं. २ को संघिय सांसदको रुपमा उम्मेदवारी दिनु भएको छ । मिडियामा खासै देखिन नचाहाने थापा पार्टीको आन्तरिक मुद्धा र महत्वपुर्ण निर्णय गर्दाको बखत भने महत्वपूर्ण पात्रको भुमिकामा देखापर्नुहुन्छ । परराष्ट्र र सुरक्षा मामिलामा निकै दख्खल राख्ने थापा अन्र्तराष्ट्रिय संघ संस्था, निकायहरु र व्यक्तिहरु सँग व्यक्तिग निकट सम्बन्ध कायम गर्न सफल हुनुहुन्छ ।

सिन्धुली सदरमुकामको मधुटार स्थायी घर हुनु भएका उहाँ लामो समय जिल्ला बाहिर रहेर राष्ट्रिय राजनीतिमा निकै सक्रिय हुनु भयो । लामो समय देश र जनताका लागि केन्द्रीय राजनीतिक भूमिकामा रहदा जिल्लावासिसँगको सम्बन्ध टाडिदै गएको महसुस गर्दै उहाँले सिन्धुली क्षेत्र नं. २ बाट संघिय सांसदको उम्मेदबारी सहित जनताको प्रतिनिधिको रुपमा सेवा गर्ने चाहाना राख्नु भएको छ र त्यो चाहाना पूरा गर्न ‘समृद्ध सिन्धुली, सुखि सिन्धुलीवासि’को अवधारणालाई ‘पाँच प’ मा सूत्रबद्ध गर्नुभएको छ । आफ्नो संघिय निर्वाचन क्षेत्र मात्र नभएर जिल्लाको समग्र विकासका लागि यहि पाँच ‘प’ को नीतिमा रहेर जिल्लालाई विकासको मार्गमा डोर्‍याउनु पर्ने उहाँको अडान रहेको छ । थापाले ल्याउनु भएको पाँच ‘प’ को मिसन र भिजन के हो त उहाँसँग गरिएको कुराकानीको आधारमा त्यो विषयमा चर्चा गरौं ।

१. प– पानीः

सिन्धुलीमा प्रशस्त मात्रामा पानी हुँदाहुदैँ पनि पानीको अभाव जिल्ला भरि देखिएको छ चाहे खानेपानीको सवालमा होस् वा सिंचाई या विद्युत आयोजना नै, पानीको उपयोगितामा जिल्ला निकै पछाडि परेको छ । जिल्लामा कुल ६२ हजार ७ सय १३ हेक्टर जमिन खेतियोग्य रहेपनि जम्मा १२ हजार दुई सय ४१ हेक्टर जमिनमा मात्रै सिचाईको सुविधा रहेको तथ्याङ्क छ । ‘४३ हजार २ सय ७१ हेक्टरमा सिचाईको सुविधा नहुनु भनेको पानीको चरम अभावको स्थिति हो तर जिल्लामा पानी नभएर यो चरम अभावको अवस्था झेल्नु परेको होइन । पानीको उपयोगिता नीति नभएकाले हो, अर्थात पानीलाई हामीले उपयोग गर्ने योजना बनाउन नसकेका हौं । ‘पानीलाई समृद्धिसँग जोडिनुपर्छ ।’ पानीको माध्यमबाट प्रसस्त उत्पादन बढाउन सकिने सम्भावना भएकाले त्यो कार्यान्वयन गर्नु पर्छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइर्भसन आयोजना संचालनमा आएपछि जिल्लाको मरिण क्षेत्रमा पानी प्रशस्त हुन्छ यो आयोजना सिंचाई आयोजना मात्रै नभएर विद्युत आयोजना पनि हो, जिल्लामै पहिलो पटक ठूलो विद्युत आयोजना पनि निर्माण हुदै छ यसले थप रोजगारीको अवसर पनि सृजना गर्छ । पानीलाई उद्योग, पर्यटन, कृषि देखि हरेक क्षेत्रसँग जोड्न सकिन्छ । सुनकोशी क्षेत्रमा लिफ्ट सिंचाईबाट उत्पादन बढाउन सकिन्छ । राजमार्गको निर्माण सँगै सिन्धुलीको भिमान देखि नेपालथोकसम्म होटल व्यवसाय अत्यन्तै सफल व्यवसायको रुपमा संचालन भएर हजारौ रोजगारीको अवसर सृजना भएको छ । ति होटलहरुमा प्रयोग हुने तरकारी फलफूल माछामासु र चामल तेल लगायतका खाद्यवस्तु भने बाहिर बाट आयात गर्नु परिरहेको छ । जिल्लाको ४३ हजार २ सय ७१ हेक्टर सिंचाई सुविधा नपुगेको जमिनमा सिंचाई सुविधा मात्रै पु¥याउन सक्ने हो भने उत्पादनका हरेक वस्तुमा सिन्धुली जिल्ला आफै आत्मनिर्भर हुने र यसले सृजना गर्ने रोजगारीले जिल्लाबाट बैदेशिक रोजगारीमा जानेहरुको संख्यालाई स्वाट्टै घटाउन बल पुग्ने उहाँको योजना रहेको छ । अबको संघिय सांसदले सिन्धुली जिल्लाका लागि सिंचाईका व्यापक योजना निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उहाँको जोड छ । साथै स्वच्छ खानेपानीलाई पनि संगै लैजानु पर्ने उहाँ बताउनु हुन्छ । सुनकोशी मरिण डाईभरसन आयोजनालाई जस्तो सिंचाई, विद्युत, पर्यटन, खानेपानी एउटै आयोजनाबाट हासिल गर्न सकिने गरि निर्माण गर्नु अहिलेको आधुनिक विकासको मोडेल भएकाले जिल्ला अब त्यस्तो किसिमको विकास मोडेलका आयोजनामा प्रवेश गर्नुपर्ने उहाँको धारणा छ ।

२. प–पर्यटनः

सुनकोशी नदीको सिमाना, दुईवटा ऐतिहासिक गढी किल्ला, प्रसस्त धार्मिक स्थलहरु, सुनकोशी नदीमा ¥याफ्टिङ्कको राम्रो अवसर, महाभारत श्रृखला र त्यहाबाट देखिने हिमालको मनोरम दृष्य, जुनार बगैचाको ऐतिहासिक क्षेत्र रहेको सिन्धुली जिल्लामा पर्यटनका धेरैवटा सम्भावनाको ढोका ढकढक्याएको छ । अंग्रेज फौजलाई हराएको ऐतिहासिक सिन्धुलीगढी दरबार क्षेत्रमा अहिले बनेका केहि संरचनाहरु र ति संरचनाहरुले गरेको पर्यटक आर्कषणलाई थप बढाउन त्यहा नै धेरै पर्यटकीय विकास गर्न सकिने सिन्धुलीगढी र हरिहरपुरगढीलाई पर्यटकीय विकास मार्फत जोड्न सकिने सम्भावना भएकाले सिन्धुली जिल्लामा पर्यटन विकासबाट पनि थप रोजगारी सृजना सँगै विकासको गति दिन सकिने उहाँको निष्कर्ष रहेको छ । देशकै पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको पुख्र्यौली थलो सुनकोशी गाउँपालीकाको दुम्जा, मरिणको पन्चकन्या पोखरी, जलासय युक्त कोखाजोर जलविद्युत आयोजना लगायतका क्षेत्रलाई पर्यटक आकर्षित गर्ने क्षेत्रको रुपमा विकास गर्न सकिने छ । सिन्धुलीगढीको युद्धमा मगर, गुरुङ लगायत आदिवासि जनजातिको योगदान बहुमुल्य रहेकाले ति समुदायको मौलिक कला, संस्कृतिले भरिपुर्ण सिन्धुली जिल्ला पर्यटन क्षेत्रकालागि महत्वपुर्ण क्षेत्र रहेको रुपमा विकास गर्नुपर्ने थापाको योजना रहेको छ ।

३. प–पुर्वाधार :

भौतिक पुर्वाधार विकासको मेरुदण्ड हो । जिल्लामा अहिले मुख्य तीन ठूला राजमार्गहरुको निर्माण करिव सम्पन्न भएको अवस्था छ अब ति राजमार्गलाई सहायक मार्गबाट एक अर्कामा जोड्ने केहि भित्रि तथा उत्तर दक्षिणका मार्गहरु निर्माण गरेपछि जिल्लाको धेरै बस्तीहरु सडक सञ्जालमा जोडिने छन् । विद्युत सेवा नपुगेका सिमित स्थानमा सेवा विस्तार गर्ने र पुगेका ठाउँमा गुणस्तरीय विद्युत सेवा प्रवाह गर्ने कार्य अबको मुख्य प्राथमिकताको विषय बन्नु पर्छ । जिल्लामै करिव ४८ मेगावाट क्षमताको सुनकोशी मरिण बहुउद्देश्य आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि सिन्धुली जिल्लाले गुणस्तरीय विजुली पाउने र पटक पटक बत्ति काटौति हुने समस्या पनि सामाधान हुने उहाँको दावि छ साथै जिल्लामा उत्पादीत विद्युत खबपत हुन सक्ने गरि उद्योग कलकारखाना लगायत विशेष गरि कृषिमा आधारति कृषि उपज प्रसोधन केन्द्र जिल्लामा स्थापना गर्नुपर्नेमा उहाँको जोड रहेको छ । विद्यालयका भवनहरु आधुनिक र सुविधा सम्पन्न तथा भौतिक पूर्वाधारले सु–सज्जीत हुनु पर्ने उहाँको जोड छ भने खोलानालामा फराकीला पक्की पुलहरु, अस्पतालका भवनहरु र उपकरणहरु अबको प्राथमिकतामा रहनु पर्छ ।,

४. प–परिश्रम

माथिका तीनवटा ‘प’ पानीको उपयोगिता नीति, पर्यटन र पूर्वाधारको विकास गर्ने प्रष्ट योजना सहित अगाडि बडेपछि त्यसले हजारौ रोजगारीको अवसर सृजना हुनेछ । अहिले हाम्रा ग्रामिण क्षेत्रका आमा–बुवा दाजु भाईहरुले गरिरहेका जीवननिर्वाहमुखि खेती किसानीको पेशा धेरै परिश्रम गरेर केवल वर्षदिन खान पुग्ने बनाउनका लागि मात्रै सिमिति छ । अझ कतिपय परिवार त वर्ष देखि श्रम गर्दा भएको उत्पादनले खान समेत नपुग्ने अवस्था समेत छ । तर अब हामीले बनाउने योजना भनेको जुनसुकै पेशा अबलम्बन गरेर परिश्रम गरिसकेपछि त्यसले खान पुग्ने मात्र होइन केहि बचत गर्न सक्ने हैसियतमा समेत पु¥याउने खाल्को हो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलिले हिमाल देखि तराई सम्म जोड्ने उद्देश्यले सुनकोशीको पानीले तराई सिंचाई गर्ने प्रष्ट योजना सहित उद्घाटन गरेर गत वर्ष देखि निर्माण आरम्भ भएको सुनकोशी मरिण डाइर्भरसन आयोजनामा सयौले रोजगारी पाएका छन् वि.पी. मदनभण्डारी र मध्यपहाडी लोकमार्ग निर्माण हुदा र निर्माण पछि त्यस क्षेत्रमा व्यवसाय गर्नेहरुले समेत गर्दा हजारौले स्थाई किसिमका रोजगारीहरु पाएका छन् । हामीले अब जिल्लामा यस्ता खाल्का ठूलो संख्यामा रोजगारी सृजना हुने र त्यो रोजगारीले खान लाउन मात्र पुग्ने होइन पक्की घर निर्माण गर्न सक्ने हैसियतमा जिल्लाबासिलाई पु¥याउने खाल्का दिर्घकालीन विकास निर्माणलाई अगाडि बढाउनु पर्छ । आगामी मंसिर ५ गते देखि हुने विश्वप फुटबल प्रतियोगिताकालागि कतारमा तयार भईरहेका फुटवल मैदान बनाउन धेरै नेपाली यूवाहरुको परीश्रम परेको छ त्यो परीश्रमी युवाहरु मध्य सिन्धुली जिल्लाका पनि धेरै छन् । त्यस्तै अन्य आधुनिक निर्माण गरि हरेक विषयमा दक्ष कामदार गाउँ गाउँ मा र घर घरमा बैदेशिक रोजगारीले उत्पादन गरेर पठाएका छन् अब उनिहरुलाई पटकपटक विदेश पठाउने होइन उनिहरुले सिकेर आएका सिपलाई स्वदेशमै उपयोग गर्ने हो । कतारमा बनाएको जस्तो रङ्गशाला यहि बनाउन अबसर दिने हो, त्यहाका जस्ता विल्डीङ यहि बनाउने हो, रोड यहि बनाउने हो र परिवार संगै हासि खुशि एउटै थालमा भात खाएर छोरा छोरीलाई स्कुल पु¥याएर जागिरमा जान सक्ने अवसर सृजना गराउने हो । अबको उद्देश्य त्यस तर्फ केन्द्रित हुनु पर्छ ।

५. प–परिवार

विकासको सूचक मध्यको एउटा सुचक हो राष्ट्रियताको बृद्धि । सम्पूर्ण देशवासिले राष्ट्रप्रति गर्व गर्न सक्ने अवस्थाको सृजना हुनु पर्छ । यो अवस्थाको सृजना हुन हाम्रो समाज बलियो हुनु पर्छ र समाज बलियो हुने आधार बनेको बलियो परिवार हो । त्यसैले बलियो समाज निर्माणका लागि पारिवारिक एकता र भाईचारको विकास पहिलो शर्त हो । विगत दुई दशक देखि विभिन्न कारणले बैदेशीक रोजागारीमा जानुपर्ने नेपाली युवाहरुको कारण पारिवारिक विचलन र परिवारमा समस्या देखा परेका कयौ घटनाहरु घटित छन् भने परिवारको दक्ष युवा शक्ति घरमा नहुदा परिवारले झेल्नु पर्ने समस्या उसले विदेशबाट पठाउने रेमिट्यान्सले पूर्ति गर्न सकेको छैन । अर्को तर्फ विकासको लहर सँगै ठूला र आधुनिक विकास निर्माण पछि स्थानीय तथा आदिवासिको वसोवास स्थल नै व्यापारि र उद्योगपति तथा धनाड्यहरुको कब्जामा जाने गरेको यर्थाथ हामीबाट लुकेको छैन । ठूलो आयोजनाको डिपिआर तयार भए देखिने आयोजना स्थलको जमिन सस्तो दरमा खरिद गर्ने र आयोजनासँग धेरै मुअब्जा लिने तथा आयोजनाको लाभ लिने समयमा स्थानीयहरु भन्दा नवधनाड्यहरु अगाडि पर्ने गरेको पाईन्छ । जिल्लामा सडक सञ्जाल विस्तार सँगै होटल व्यवसायको विस्तार र विकास व्यापक रुपमा हुन सक्यो तर यसमा स्थानीयको सहभागिता कति भयो त ? अहिले त्यो विषलाई पनि ध्यान दिन आवश्यक छ । अलिहे भरखरै मदनभण्डारी लोकमार्गको निर्माण संगै जिल्लाको मरिण हरिहरपुरगढी, कमलाखोंच क्षेत्रको जग्गा जमिनको मूल्य अत्याधिक मात्रामा बृद्धि भए सँगै खरिद विक्रि व्यापक रुपमा भईरहेको छ । असुविधा हुदा र दुःख कष्ट बेहोर्नु पर्दा ति स्थानमा बसेका मुलवासिहरु अहिले नबधनाड्याहरुलाई जग्गा जमिन सुम्पिएर अन्यत्र विस्थापित भईरहेका छन् । त्यो स्थितिको अन्त्य गरेर मरिण हरिहरपुरगढी, दुधौलीमा गएको विकासको उपभोग त्यहाका परापूर्व कालदेखि बसोवास गरिहेका मुल वासिहरुले गर्ने बतावरण निर्माण गर्नु अहिलेको आवश्यकता हो । यसका लागि विशेष गरि मरिण हहिरहरपुरगढी क्षेत्रमा सुनकोशी मरिण डाईभरसनको पानी बग्ने मरिण खोलामा माछा पालन देखि त्यस क्षेत्रका दनुवार, तामाङ तथा माझी लगायतका समुदायको सांस्कृतिक पहिचान झल्कने संग्राहलय सस्कृति प्रदर्शन केन्द्र लगायतका संरचनाहरु निर्माण गरेर मुलवासिहरुलाई त्यहि वसोवास गर्ने बातावरण निर्माण गरिनु पर्दछ ।

विकास भनेको भौतिक संचरनाको निर्माण मात्र होइन । जनतामा राष्ट्रियता बृद्धि गर्ने र सरकार प्रति विश्वास जगाउने वातावरण निर्माण गरिनु पनि हो । जसरी नाकाबन्दीको समयमा सिङ्गो देश नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री के. पी. शर्मा ओलिको नेतृत्वमा एकढिक्का भएर उभियो, चुच्चे नक्सा पास गर्ने बेलामा सदन देखि सडक सम्म एक ढिकक्का भयो, संविधान जारि गर्ने समयमा एकढिक्का भएर भारतीय आदेशलाई वेवास्ता गर्न सफल भयो । अब पनि त्यस्तै राष्ट्रिय मुद्दामा एक ढिक्का हुने बातावरण निर्माण गर्न नेकपा एमालेको सरकार बन्नु पर्दछ र त्यसका लागि सिन्धुली जिल्लामा समेत नेकपा एमाले ले नै विजयी हासिल गर्नुपर्ने आवश्यकता छ । पछिल्लो एक बर्ष भन्दा बढि समय परमादेशबाट सरकार बनेपछिका घटनाक्रमलाई हेर्ने हो भने एमसिसि, एसपिपि देखि नागरिकता विधेक सम्म कुनैपनि सवालमा राष्ट्रिय सहमति कायम हुन सकेको छैन । यसको प्रष्ट अर्थ के हो भन्दा अरु दलहरु सँग नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओलि सँग जस्तो राष्ट्रिय सहमति कायम गराउन सक्ने क्षमता नै छैन । त्यसैले देशको शिर उच्च राख्न एमालेले जित्नु पर्छ । त्यसकालागि जिल्ला जिल्लामा संघिय प्रदेश सांसद एमालेले जित्नु पर्छ अहिलेको प्रमुख आवश्यकता भनेको एमालेको जित हो ।

सिन्धुली क्षेत्र नं. २ ले फेरि एकपटक हुनाहार राष्ट्रिय मात्र नभएर अन्र्तराष्ट्रि छवि र पहुँच भएका हुनाहार युवा नेतालाई उम्मेदवारको रुपमा पाएको छ । मनोजजंग थापाको योग्यता र उहाँले कायम गर्नुभएको राष्ट्रिय अन्र्तराष्ट्रिय छविको लाभ लिने अधिकार सिन्धुली जिल्लाले राख्छ तर त्यसका लागि मनोजजंग थापालाई प्रतिनिधि सभा निर्वाचनमा हामीले जिताएर पठाउनु पर्ने हुन्छ । उम्मेदवारको व्यक्तिगत छवि र सम्बन्धका कारण पनि जिल्लालो यस्तो हुनाहार नेतालाई न्याय गर्नु आजको आवश्यकता हो । -वाइपि बिनय