ललितपुरः नेकपा एमाले बागमती प्रदेश सल्लाहकार परिषदको पूर्ण बैठक आज सम्पन्न भएको छ ।
सल्लाहकार कमिटी अध्यक्ष रामशरण आलेमगरको अध्यक्षतामा भएको पूर्ण बैठक एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा एमाले बागमतीका अध्यक्ष कैलाश ढुंगेल, उपाध्यक्ष दावा दोर्जे लामा र सचिव नवराज सिलवालको आतिथ्यतामा सम्पन्न भएको बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु गरेको उपसचिव लामाले बताउनुभयो ।