नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि मंगलवार साँझदेखि बुधवार अपरान्हसम्म १ लाख १३ हजारजना भन्दा बढीले नाम र नम्बर टिपाएका छन् ।
अध्यक्ष ओलीले चुनावका सन्दर्भमा सर्वसाधारणका सुझाव लिन बुधवार साँझ फेसबुकमार्फत आह्वान गर्दै नाम र नम्बर टिपाउन आग्रह गर्नुभएको थियो । सो आग्रहअनुसार ओलीको इन्बक्समा १ लाख १३ हजार ४७७ जनाले नाम टिपाइसकेका छन । यति धेरैले नाम टिपाएको जानकारी दिँदै अध्यक्ष ओलीले यसबाट आफू निकै खुशी भएको बताउनु भएको छ ।











